विपन्‍नलाई मिटरबक्स

विपन्‍नलाई मिटरबक्स

भोजपुर : तीन वर्षअघि गाउँमा बिजुली आए पनि भोजपुर–५ बोखिमका भीम राईको परिवार टुकीकै भरमा थियो। आर्थिक अवस्था कमजोर रहेका कारण उनको घरमा बिजुली बलेको थिएन। तर, वडाबाट सिफारिस लिएर विद्युत् प्राधिकरण पुगेपछि वैशाख दोस्रो साता निःशुल्क मिटरबक्स जडान गरिदियो। ‘मिटरबक्स निःशुल्क पाएपछि बिजुली बाल्ने सपना पूरा भएको छ’, उनले भने, ‘टुकीको धिपधिपे उज्यालोमा रात काट्नुपर्ने दिन गए।’

प्राधिकरणले विपन्न परिवारलाई मिटरबक्स वितरण गर्न थालेको छ। भोजपुर–८, पोखरेका रमेश विश्वकर्माले पनि मिटरबक्स पाए। सदरमुकामछेउमै घर भए पनि उनले वर्षौंदेखि बिजुलीबत्ती बाल्न पाएका थिएनन्। प्राधिकरणले मिटर जडान गरिदिएपछि घर उज्यालो बनेको उनले सुनाए। टेम्केमैयुङ गाउँपालिका–७, कोटका हर्कराज राई र जानुकादेवी राईले पनि मिटर लगेका छन्। गाउँमा बिजुली पुगेको एक वर्षपछि उनीहरूले पनि यो सेवा उपभोग गर्न पाएका छन्।

भोजपुर–८ का वडाध्यक्ष गोपाल कार्कीले प्राधिकरणको सहयोगले विपन्न परिवारमा बत्ती बाल्ने सपना पूरा भएको बताए। ‘हामीले परिवारको अवस्था हेरेर निःशुल्क मिटरका लागि सिफारिस गर्ने गरेका छौं’, उनले भने। प्राधिकरणको भोजपुर वितरण केन्द्रले नौवटै स्थानीय तहका ८१ वडाबाट सिफारिस ल्याउने घरधुरीले निःशुल्क रूपमा मिटर प्राप्त गर्ने जनाएको छ। प्राधिकरणको केन्द्रीय कार्यालयबाट आएको परिपत्रअनुसार भोजपुरमा पनि विपन्न परिवारलाई मिटर दिन थालिएको वितरण केन्द्रका प्रशासन प्रमुख गणेशप्रसाद खनालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.