कटहरीयाका व्यापारी एक सातादेखि सम्पर्कबिहीन

कटहरीयाका व्यापारी एक सातादेखि सम्पर्कबिहीन

रौतहट : रौतहटको कटहरिया नगरपालिकाको बजारमा आइएमई (मनी ट्रान्फर) सेवा संचालन गर्दै आएका एक व्यापारी एक सातादेखि सम्पर्कबिहीन छन्। कटहरिया नपा ५ का  ३६ वर्षीय श्रीभगवानप्रसाद साह वैशाख १७ गते बेलुकादेखि बेपत्ता छन्।अपहरण हो वा आफै कतै गएर लुकेका हुन भन्ने खुल्न सकेको छैन।

हराइरहेका साह गरुडाका व्यापारी भोजेन्द्र चौधरीलाई सापटी दिइएको पैसाको हिसाब गर्न गएको र सोही दिनदेखि उनी   बेपत्ता छन्।गरुडा कोल्डस्टोर संचालक चौधरीसँगको हिसाब किताबका लागि गएको र सोही दिनदेखि साह बेपत्ता भएको आफन्त  मनोहर साहले बताए।

साहका परिवारले उनी अपहरणमा परेको आशंका गरेको छ।परिवारले खोजिका लागि प्रहरीलाई दबाब दिइरहेका छन्।हराइरहेका साहले चौधरीको पसलमा आफूले प्रयोग गर्दै आएका २ थान मोबाइल, चढेर आएको मोटरसाइकल, बिलबुक, नागरिकता, सेन्चुरी बैंकको रकम ट्रान्सफर गर्ने बिएलबी मेसिन छाडेका छन्।

चौधरीको गरुडा बजारमा कोल्डस्टोर छ।प्रहरीले साहको बारेमा अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.