मोटरसाइकलको ठक्‍करबाट वृद्धाको मृत्यु : फरार चालक पक्राउ

मोटरसाइकलको ठक्‍करबाट वृद्धाको मृत्यु : फरार चालक पक्राउ

विराटनगर : पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका-१० मा वृद्धालाई ठक्‍कर दिएर फरार रहेका मोटरसाइकल चालकलाई प्रहरीले विराटनगर महानगरपालिका-११ बाट पक्राउ गरेको छ। 

वैशाख १७ गते पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलले ठक्‍कर दिंदा स्थानीय ६३ वर्षीय पूर्णमाया विश्वकर्माको मृत्यु भएको थियो।त्यतिबेला मोटरसाइकलको पहिचान हुन सकेको थिएन। दुर्घटनापछि फरार रहेका चालक विराटनगर-११ का २७ वर्षीय योगेश थापा र उनले चलाएको को ३४ प ९२१५ नम्बरको मोटरसाइकललाई विराटनगरबाटै नियन्त्रणमा लिइएको मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। 

दुर्घटना लगत्तै राजमार्ग हुँदै मोटरसाइकलसहित चालक फरार भएका कारण दुर्घटना गराउने सवारी साधनको पहिचान हुन नसकेको उनको भनाइ छ।दुर्घटनापछि बेलबारीबाट दक्षिण हुँदै मोटरसाइकल विराटनगर आएको र अनुसन्धान गर्दै जाँदा पक्राउ गर्न सकिएको श्रेष्ठले बताए।चालक थापा विरुद्ध सवारी ज्यान मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.