सर्वोच्चको आदेशपछि नवलपरासीमा ७ सय नागरिकता रोक्‍का

सर्वोच्चको आदेशपछि नवलपरासीमा ७ सय नागरिकता रोक्‍का

परासी : जन्मको आधारका नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि पश्चिम नवलपरासीमा प्रक्रियामा रहेका करिब ७ सय नागरिकता रोक्‍का गरिएको छ।

गत चैत १९ गतेको मन्त्रीस्तर निर्णयपछि जिल्ला प्रशासन र इलाका प्रशासन सेमरीबाट त्यस्ता प्रकृतिका नागरिकता वितरण गर्न सुरु गरिएको थियो। नागरिकता प्राप्तिका लागि बिहान ७ बजेदेखि नै निवेदकको कार्यालयमा भीड बढेको थियो। भीड बढेपछि प्रशासनले टोकनको व्यवस्था गरेको थियो।

त्यसरी टोकन लिएर नागरिकता पाउने पर्खाइमा ६ सय ८७ निवेदक रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ज्योतीराज अर्यालले बताए। जसमा जिल्लाबाट ४ सय र इलाकाबाट २ सय ५७ निवदेन संकलन भएका छन् अदालतको आदेशले रोक्का भएको जानकारी नपाएर अहिले ५०-६० जना नागरिकता लिन कार्यालयमा आउने गरेका छन्।

उनीहरुलाई अदालतको आदेशपछि मात्र टुंगोमा पुग्ने भन्दै फर्काउने गरेको अर्यालले बताए।  इलाका र जिल्लाबाट दैनिकजसो १ सय बढी नागरिकता वितरण हुने गरेको थियो।
अहिलेसम्म जिल्लाबाट ५ सय २३ र इलाकाबाट २ सय ८७ गरी कुल ८ सय १० जन्मको आधारका नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गरिएको प्रशासकीय अधिकृत अर्यालले बताए।नागरिकता पाउनेमा सबैभन्दा बढी पुरुषको संख्या ५ सय ५३ छ। 

त्यसैगरी पूर्वी नवलपरासीमा ८३ वटा नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए। प्रकृया पूरा गरेर नागरिकता पाउने अवस्थामा रहेका ४ जनाको अदालतको आदेशसँगै रोक्‍का रहेको नेपालले जानकारी दिए। 

पश्चिम जिल्ला तराई क्षेत्रमा रहेकाले जन्मको आधारमा नागरिकता लिनेको संख्या बढी छ।पूर्वी नवलपरासी भित्री मधेस र पहाडी क्षेत्रमा रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.