जिपले ठक्कर दिँदा खेलिरहेका बालकको मृत्यु

जिपले ठक्कर दिँदा खेलिरहेका बालकको मृत्यु

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका ६ बांगाबगरमा जीपले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। सडक छेउमै खेलिरहेका ३ वर्षीय बालक युुकेश साउदलाई बिहीबार साढे तीन बजेतिर गोकुलेश्वरबाट सतबाँझतर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीपले ठक्कर दिँदा मृत्यु भएको हो। 

जीपको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचार क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। बालकलाई ठक्कर दिएर भाग्दै गरेका जिपका चालक विक्रम बिष्टलाई दोगडाकेदार गाउँपालिका ६ सल्सेनाबाट प्रहरीले जिपसहित नियन्त्रणमा लिएको छ। 

दोषीलाई कारवाहीको माग राख्दै स्थानीयले अहिले महाकाली राजमार्गको सतबाँझ गोकुलेश्वर सडकखण्ड अन्तर्गत बांगाबगरमा सडक अवरुद्ध गरेका छन्। दोषीलाई कानुन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.