सिड्स व्यांक ठगी प्रकरणः कर्मचारी विरुद्ध मुद्दा, सञ्चालक फरार

सिड्स व्यांक ठगी प्रकरणः कर्मचारी विरुद्ध मुद्दा, सञ्चालक फरार

ओखलढुंगा : किसानलाई कुखुराका दाना, चल्ला र व्यवसायिक कृषिका लागि बिउ बिजन उपलब्ध गराउने भन्दै किसानबाट रकम असुलेर सञ्चालक भागेपछि व्यांकमा काम गर्ने कर्मचारी ठगी मुद्दामा समातिएका छन्।

किसानबाट लिइएको लाखौं रकम लिएर सञ्चालक भागेपछि उक्त व्यांकमा काम गर्दै आएका दुई कर्मचारीसहित एकजना सवारी चालकलाई समेत प्रहरीले पक्राउ गरेको छ। 

१ सय ५२ जनाभन्दा बढी किसानबाट रकम संकलन गरेर कुखुराका चल्ला, दाना तथा अन्य बिउबिजन नदिइ रकम लिएर व्यांक सञ्चालक चम्पादेवी गाउँपालिका- ६ का सुवास कार्की भागेका थिए।

उनी भागेपछि किसानले ठगिएकोभन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा वैशाख २ गते जानकारी गराएपछि व्यांकमा काम गर्ने अशोक दाहाल र अनिल फुयाँललाई प्रहरीले पक्राउ गरेको थियो। 

सयौं किसानले लिखित उजुरी गरेपछि दाहाल र फुयाँल दुवैजनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सवारी चालकमाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फरार रहेका सञ्चालक सुवास कार्कीसहित कर्मचारी दाहाल र फुयाँलविरुद्ध ठगी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी पुष्पराज मल्लले बताए।

उनले फरार रहेका सञ्चालकको खोजी भइरहेको जानकारी दिए। कार्की नसमातिए पनि उनी प्रतिवादी कायमभइ मुद्दा अघि बढ्ने मल्लको भनाइ छ। व्यांकका नाममा सनराईज व्यांकको ओखलढुंगास्थित रमाइलोडाँडामा खाता खोलेर किसानलाई रकम जम्मा गर्न लगाएका कार्कीले खाताबाट रकम निकालेर ०७५ चैतको अन्तिम साता नै भागेका थिए।

किसानको २० हजारदेखि पाँच लाखसम्म रकम लिएर सञ्चालक भागेपछि आफूहरु डुबेको सिद्धिचरण नगरपालिका- २ का किसान लेखनाथ शर्माले बताए। नेतासम्म पहुँच स्थापित गरेका कार्कीलगायतका दोषीलाई जोगाउन राजनीतिक रुपमा दबाब आइरहेकाले उनीहरुलाई उन्मुक्ति दिइने हो कि भन्ने आशंका बढेको शर्माको भनाइ छ।

सिद्धिचरण नगरपालिका भित्रै २ सय बढी किसानले कार्कीलाई रकम व्यांकमार्फत बुझाएको शर्माले दावी गरे  शर्माजस्ता थुप्रै किसानले पशु पालन र कुखुरा पालनका लागि रकम बुझाएका छन्।

पशु पालनका लागि १ लाख बुझाएपछि सञ्चालक भागेको सिद्धिचरण नगरपालिका ५ का उमाकान्त दाहालले बताए। सबै किसानको रकम यकिन गर्दा ५ करोड बढी लिएर सञ्चालक भागेको उनको आरोप छ। 

सिड्स व्यांकका दुई कर्मचारी प्रहरी हिरासतमा छन्। सञ्चालक कार्कीले भने केही किसानसँग लिएको रकम कर्मचारीले फसाएको, कमाएर रकम फिर्ता गरिदिने फेसबुकमार्फत आश्वासन दिने गरेका छन्। सामाजिक सञ्जालमा सक्रिय रहने कार्कीलाई दबाबमा प्रहरीले समाउन आनाकानी गरेको पीडित किसानको गुनासो छ। 

किसानलाई चल्ला र दाना खोरमै पुर्‍याउने, उत्पादित मासु किनेर बजारसम्म लैजानेलगायतका शर्तमा कार्कीले रकम असुलेका थिए।करोडौं रकम जम्मा भएपछि कार्की भागेको अर्का पीडित किसान सिद्धिचरण नगरपालिका ११ का स्थानीय प्रकाशचन्द्र श्रेष्ठले बताए।उनले सिड्स व्यांकका नाममा रहेको खाताबाट ५ लाख रुपैयाँ सनराईज व्यांकमा जम्मा गरेपछि सञ्चालक फरार भएको गुनासो गरे। 

ठगिएका किसान यकिन नभएपनि १ सय ५२ जनाभन्दा बढी प्रहरीमा उजुरी गरिसकेका छन्। प्रहरीकहाँ दैनिक उजुरी लिएर आउने क्रम चलिरहेको छ। किसानका उजुरीका आधारमा ठगिएको रकम यकिन गरेर मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ।   

चार महिना अघि सञ्चालनमा आएको सिड्स व्यांकले सुरु सुरुमा किसानलाई प्राविधिक सल्लाह दिनुका साथै बिउ,दाना तथा चल्ला उपलब्ध गराएको थियो। किसानले विश्वास गरेर दिएको अग्रमी भुक्तानी रकम पाएपछि सञ्चालक फरार भएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.