सरकारी जग्गामा बनाइएका टहरा भत्किए

सरकारी जग्गामा बनाइएका टहरा भत्किए

उदयपुर : सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका टहराहरु प्रहरीले भत्काएको छ। नेपाल सरकारको मातहतमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको खाली जग्गा अतिक्रमण गरी बनाइएका टहरा मंगलबार प्रहरीले भत्काएको हो। 

    
त्रियुगा नगरपालिका ६ स्थित सगरमाथा लोकमार्ग अन्र्तगत जलजले र देउरीको विचभागमा रहेको उद्योगको जग्गा भुमाफियाले सर्वसाधरण लगाएर अतिक्रमण गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताए।
    
उद्योगको मातहतमा रहेको ४० बिघा जमिन मध्ये करिव ४ बिघा जग्गा अतिक्रमण भएको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए । वर्षौदेखि खाली रहेको उद्योगको जग्गामा दुई दिनअघि मात्र एक्कासी घर टहरा बनाउन थालेपछि संरक्षणका लागि प्रशासन गुहार्नु परेको उनको भनाई छ। 
    
'उद्योगको जग्गामा कस्ले घर बनाउन लगाएको हामी खोजी गरिरहेका छौं' उनले भने। वर्षौदेखि संरक्षणमा रहेको सरकारी जग्गामा घर बनाउन सर्वसाधरणलाई उक्साउने कोही भएको हुन सक्ने उनले  आशंका समेत गरे। 

उद्योगका नायव महाप्रबन्ध महेश काफ्लेले आफै गएर भत्काउने अवस्था नरहेपछि प्रशासनको मद्दत मागेको बताए। यता स्थानीयले भने प्रहरीले नै टहरा बनाउन लगाएको आरोप लगाए। अतिक्रमित जग्गामा भेटिएकी स्थानीय लिला विकले प्रहरीले टहरा बनाउन लगाएर भत्काएको भन्दै एकोहोरो प्रतिबाद गरिन। प्रहरीलाई गाली गर्दै उनले भनिन्,‘हिजो रातोमाटो ल्याएर लिप भन्ने आज आएर भत्काउने पनि प्रहरीनै? खाली जग्गामा त बनाएका हौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.