१३ वर्षीयामाथि यौन शोषण, असुरक्षित गर्भपतनले ज्यान जोखिममा

१३ वर्षीयामाथि यौन शोषण, असुरक्षित गर्भपतनले ज्यान जोखिममा

नेपालगन्ज : यौन शोषणमा परेकी १३ वर्षीय बालिकाको असुरक्षित गर्भपतन गराउन खोज्दा ज्यान नै जोखिममा परेको छ। असुरक्षित गर्भपतनका कारण रक्तश्राव नरोकिएपछि चिन्ताजनक अवस्थामा उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भ्इरहेको छ। ती बालिकाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका–९ घर भई नेपालगन्ज–१० गोसाइँ गाउँमा बस्दै आएकी ती दलित बालिकामाथि यौन शोषण गर्दै आएका व्यक्तिले नै गर्भपतन गराउन भारतीय सीमावर्ती बजार रुपैडिहा लगेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। गर्भपतन गराएर घर फर्किएपछि बालिकाको अवस्था जटिल बनेको प्रहरीको भनाई छ।

यौन शोषण गर्ने व्यक्ति पक्राउ परिनसकेको र बालिका पनि अचेत अवस्थामा रहेका कारण रुपैडिहाको कुन ठाउँमा गर्भपतन गराइएको खुल्न सकेको छैन। बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार यौन शोषणमा परेकी बालिकाको परिवार ज्यालामजदुरी गर्दै आएको थियो।

अत्यधिक रक्तश्राव भएर बालिका रोइकराई गरेको थाहा पाएपछि प्रहरीकै सक्रियतामा मंगलबार बालिकालाई भेरी अस्पताल नेपालगन्ज उपचारार्थ पुर्‍याइएको थियो। तर उपचार संभव नभएपछि उनलाई मंगलबार नै नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको प्रहरी उपरीक्षक पौडेलले बताए।

बालिकाको शरीरमा रगत अत्यन्तै न्यून भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनको ब्लड ग्रुप एबी नेगेटिभ हो। रक्तसंचार केन्द्रमा अहिले एबी नेगेटिभ समूहको रगत छैन। एक जना प्रहरी हवल्दारबाट १ पिन्ट र रक्तसंचार केन्द्रमा रहेको १ पिन्ट एबी नेगेटिभ ब्लड मंगलबार नै बालिकालाई चढाइसकिएको छ। अब कम्तिमा ५ पिन्ट रगत आवश्यक छ। चिकित्सकहरुका अनुसार बालिकाको अवस्था बिहानदेखि सुधारोन्मुख छ।

जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र नेपालगन्जले पीडित बालिकालाई बचाउन अहिले एबी नेगेटिभ समूहको रगत दान गर्न अपील गरेको छ। केन्द्रकी प्रहरी सहायक निरीक्षक श्याम कुमारी पाईजा मगरले भनिन्, ‘अहिले हाम्रो मुख्य प्राथमिकता भनेको बच्चीको ज्यान जोगाउने भएकाले त्यसैतर्फ केन्द्रित भएका छौं। रगत संकलनका लागि हामीले सर्वसाधारणसँग अपील पनि गरेका छौं।’ पीडित बालिकाका अभिभावकसँग रकम पनि नभएकाले त्यसको जोहो गर्न पनि आफूहरु लागिपरेको मगरले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.