कनकाई पुलमा बम राखेको आरोपमा ५ पक्राउ

कनकाई पुलमा बम राखेको आरोपमा ५ पक्राउ

बिर्तामोड : पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई पुलमा कुकर बम भन्दै शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। प्रदेश १ प्रहरी कार्यालय विराटनगरको रिजनल इन्भेस्टिगेसन टिम (रिट) र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले इटहरी चोक नजिकैबाट दुईजना र झापाबाट तीनजनालाई पक्राउ गरेको हो।

उनीहरुलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका सबैको नाम गोप्य राखिएको छ।झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले घटनामा अन्यको पनि संलग्नता हुनसक्ने भएकाले उनीहरुको नाम सार्वजनिक नगरिएको बताए। वैशाख २९ गते बिहान गोर्खा नेपाल जनुमक्ति मोर्चाको नामको पर्चासहित प्रेसर कुकुर भेटिएको थियो।

मोर्चाले सुगौली सन्धी मार्फत नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अंगीकृत नागरिकता फिर्ता, संघीयता खारेज, भ्रष्टचारीलाई कारबाही, निःशुल्क शिक्षा र उपचारसहितको माग राखेको पर्चा पनि सँगै फेला परेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.