पौडी खेल्न गएका दुई जनाको डुबेर मृत्यु

पौडी खेल्न गएका दुई जनाको डुबेर मृत्यु

बुटवल : गर्मी छल्न खोलामा पौडी खेल्न गएका दुईजनाको डुबेर ज्यान गएको छ। शनिबार सैनामैना नगरपालिकाको इगुरिया खोलामा डुबेर आशिष न्यौपाने  र काली रहमा डुबेर डोलबहादुर खप्तरी मगरको मृत्यु भएको हो।

शनिबार दिउँसो ४ बजे सैनामैना ९ शंकरपुरस्थित इंगुरिया खोलामा पौडी खेल्ने क्रममा सैनामैना ६ शान्तिटोलका १६ वर्षीय न्यौपानेको ज्यान गएको हो। मामाघर आएका उनी गर्मी छल्न खोलामा पुगेका थिए। मृतक न्यौपाने सैनामैनाको रामापुर माविको कक्षा १० मा अध्ययनरत थिए। 

अर्का युवाको खप्तरीको सैनामैना ३ को काली रहमा पौडी खेल्ने क्रममा ज्यान गएको हो। इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक केशव बस्नेतका अनुसार उनी सैनामैना नगरपालिका ८ का स्थानीय हुन्। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.