मृत्यु भएको पाँच दिनपछि किशोरीको दाहसंस्कार

मृत्यु भएको पाँच दिनपछि किशोरीको दाहसंस्कार

बैतडी : मृत्यु भएको पाँच दिनपछि बैतडीको मेलौली नगरपालिका ७ बनालीकी १९ वर्षीया किशोरी सावित्री चन्दको अन्तिम संस्कार गरिएको छ। गएको बुधबार राति घर नजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा सावित्रीको शव भेटिएको थियो। प्रहरीले सावित्रीको कोठामा खानतलासी गर्दा मेलौली नगरपालिका १ प्रशान्तसिंह क्षेत्रीको पर्स भित्र नागरिकता, फोटो र १० हजार रुपैयाँ फेला पारेको थियो।

त्यसपछि सावित्रीका आफन्तले सावित्रीलाई आत्महत्या गर्न बाध्य बनाउनेलाई कडा कानुनी कारबाही माग गर्दै शवको दाहसंस्कार गर्न मानेका थिएनन्। सावित्रीका बुबा मदनबहादुर चन्दले क्षेत्रीको नाममा जबरजस्तीकरणी र दुरुत्साहन मुद्दा दर्ता गरेका थिए। 

प्रहरीले सोही किटानी जाहेरीको आधारमा क्षेत्रीमाथि अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ। आइतबार पनि अदालतले १० दिन म्याद थपेर थप अनुन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए।

मृतक किशोरीको भजाइनल स्वाब, उनले लगाएका लुगा र भिसेरा रिपोट परीक्षण लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको उनले बताए। किटानी जाहेरी दिएपछि कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढीरहेकाले आफन्तले शव बुझेर आइतबार दाहसंस्कार गरेको स्थानीय केशवसिंह भाटले बताए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.