१७ किलो चरेशसहित दुई पक्राउ

१७ किलो चरेशसहित दुई पक्राउ

बिर्तामोड : झापाको मेचीनगर नगरपालिकामा १७ किलो लागूऔषध चरेशसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। मेचीनगर ८ टोकला बगानस्थित रमाइलो बस्तीबाट मंगलबार १७ किलो प्रतिबन्धित लागूऔषध चरेशसहित सोही नगरपालिका बस्ने संजय दर्जी र मनोज दर्जीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। 

मंगलबार दिउँसो संजय दर्जीको घरमा चरेश लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दर्जीको घरमा खानतलासी गरेको थियो।

सो क्रममा लागूऔषध बरामद गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी प्रमुख डिएसपी महेश थापाले बताए। बरामद लागूऔषधसहित दुबैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.