यस्ता धामी जो बिरामीलाई अस्पताल रेफर गर्छन्

यस्ता धामी जो बिरामीलाई अस्पताल रेफर गर्छन्

अछाम : साँफेबगर नगरपालिकाको सेती लोकमार्ग सडक छेउमै एउटा कच्ची घर छ। घर नजिकैको दायाँतिर प्लास्टिकको छानो भएको कटेरो बनाइएको छ। त्यहाँ दैनिक जसो ४०/५० जना मानिसको भीड हुन्छ। राति अबेरसम्म पनि मानिसको भीड उस्तै हुन्छ।

सेतो कपडा, निधारमा रातो र पहेलो टिका लगाएर अग्लो ठाउँमा बसेका धामी ४० वर्षीय कुलबहादुर बाब्ली उनका अगाडि हात जोडेर टुसुक्क बसेकी महिलालाई बिरामी हुनुको कारण बताउँदै छन्।

‘तपाईँले देवीदेउता धेरै पज्नु भयो। कतिपय रोग देउताले निको पार्दैनन्, अस्पताल नै जानुपर्छ', धामीको सुझाव थियो, 'अब एक पटक अस्पताल गएर उपचार गराउनुस्, निको हुन्छ।’ धामीले यति भनिसकेपछि ती महिलाले 'हुन्छ' भन्ने ईसारामा टाउको हल्लाउँदै त्यहाँबाट निस्किन्।

उनी हुन्, चौरपाटी गाउँपालिका–७ मार्ककी ५० वर्षीया खीना बोगटी। उनलाई हात खुट्टा सुन्निने समस्या छ। एक महिनासम्म निको नभएपछि तेस्रो पटक धामी कहाँ पुगिन्।

‘हात खुट्टा दुख्ने सुन्निने समस्या भएको एक महिना भयो। पुर्खाले देउता बिगारेर गए, अहिले त्यसको असर हामीले भोग्नु परेको छ', उनी भन्छिन्, 'देउता बिग्रेकाले त्यसैको असर हो जस्तो लाग्छ, धामीले नै भनेपछि एकपटक अस्पतालमा उपचार गर्छु।' धामीले भने अनुसार नै आफूले गर्दै आएको उनले सुनाइन्।

साँफेबगर नगरपालिका ९ बुढाकोट कि नरपता थापा ६० लगातार तीन दिनसम्म हेराउने कहाँ पुगिन् तर, उनले पालो पाइनन्। चौंथो दिनमा उनको पालो आयो। १५ वर्ष अघि झाडापखाला लागेर उनको श्रीमानको मृत्यु भयो। तर, उनलाई यो कुराले चित्त बुझ्दैन। उनी आफूलाई सन्चो नभएपछि पटक पटक धामी कहाँ हेराउन पुग्छिन्। उनलाई लाग्छ- देवी देउताकै कारण श्रीमानको ज्यान गयो।

‘देउता लागेकै कारण लगातार झाडा पखाला भएर ४० वर्षको उमेरमा ज्यान गयो, जेठानीलाई पनि सासु ससुराले निकै दुःख दिए', उनी सुनाउँछिन्, 'जेठाजूले पनि सौता ल्याए, उनले पनि दुःख दिइन्, त्यही रिसले उनले देउता लगाइदिइन्।' देउताको असरले लगातार ४/५ दिन झाडापखाल भएको र श्रीमानको ज्यान गएको उनको बुझाई छ। 'अहिले आफूलाई पनि सन्चो हुँदैन’, उनी सुनाउँछिन्।

दुई वर्षको अवधिमा बाब्लीले ६० हजार भन्दा बढीको झारफुक मार्फत उपचार गरेको दाबी गर्छन्। ‘मानिसहरूको विश्वास र आस्था जोडिएको छ, विश्वासकै कारण दैनिक जसो मानिसहरुको भीड लाग्ने गर्छ', उनले भने, ‘अधिकांशलाई अस्पताल जान समेत सल्लाह दिन्छु, पैसा नहुनेलाई पैसा दिएर समेत पठाउछु, पछि उनीहरूले आफैं आएर पैसा समेत फिर्ता गर्छन्।’

अछामका ग्रामीण बस्तीका मात्रै होइनन्, सहरीया क्षेत्रका मानिस समेत अझै पनि धामी, झाक्रीकै भर पर्ने गर्छन्। यहाँका अधिकांश ठाउँमा सहजै स्वास्थ्य चौकीको पहुँच भएपनि सबै भन्दा पहिला धामी झाक्रीलाई नै विश्वास गर्ने गरेको बयलपाटा अस्पतालका डाक्टर विकास गौचनले बताए।

‘बिरामी परेमा सबै भन्दा पहिला देउता लाग्यो भनेर धामी झाक्रीको कहाँ पुग्छन्, धामीले अस्पताल जानु भनेर आएका हो भन्ने पनि धेरै भेटिन्छन्’, उनले भने, ‘मिर्गौला फेल हुनुमा पनि दोष देउतालाई नै दिन्छन्। अस्पताल आउने मानसिक स्वास्थ सम्बन्धी समस्या भएका बिरामीहरु सबै भन्दा पहिले धामी झाक्री कहाँ पुग्छन्। त्यसपछि मात्र अस्पताल आउँछन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.