राजधानीको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट : एकको मृत्यु, पाँच घाइते

राजधानीको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट : एकको मृत्यु, पाँच घाइते

काठमाडौं : राजधानीको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो सुकेधाराको एक शैलुनको किचनमा ग्यास विस्फोट हुँदा एकजनाको मृत्यु भएको हो। अन्य पाँचजना घाइते भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिए। 

प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ। मृतकको सनाखत हुन सकेको छैन। प्रसाईंका अनुसार अहिले मुचुल्का तयार पार्ने काम भइरहेको छ। थप विवरण आउन बाँकी छ।

यस्तै, अनामनगरमा पनि विष्फोट भएको खबर आएको छ। घटनाबारे बुझ्न प्रहरी त्यसतर्फ गएको सिंहदरवार वृत्तका डीएसपी काजीकुमार आचार्यले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.