अनामनगर विस्फोटमा विप्लवको पर्चा भेटियो : एकको मृत्यु, इकाई सभापति घाइते

अनामनगर विस्फोटमा विप्लवको पर्चा भेटियो : एकको मृत्यु, इकाई सभापति घाइते

काठमाडौं : राजधानीको अनामनगरको घट्टेकुलोस्थित एक घरमा भएको सिलिन्डर ग्यास विस्फोटमा एकजनाको मृत्यु भएको छ। विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा भेटिएको छ। 

महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहले घटनास्थलबाट दिएको जानकारी अनुसार विस्फोट भएका स्थानमा विप्लवको पार्टीका पर्चा, पम्पलेट फेला परेका छन्। पर्चामा ‘नेपाल बन्द सफल पारौँ’लगायतका नारा लेखिएका छन्। 

अहिले अन्य विस्फोटक सामग्री हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ। मृतकको  सनाखत हुन सकेको छैन। मृतकको शव क्षतविक्षत भएकाले चिन्न सक्ने अवस्थामा नरहेको जानकारी एसपी सिंहले दिए। 

अनामनगर विस्फोटमा अर्को एकजना घाइते छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइते रविन केसी ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनका नेता हुन्। उनी त्रिचन्द्र कलेजका इकाइ सभापति हुन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.