मलामी गएका युवा संघका नेताको सेती नदीमा डुबेर वेपत्ता
डोटी : नेकपा निकट युवा संघ (पूर्व एमालेको युथ फोर्स) डोटीका एक नेता सेती नदीमा बगेर वेपत्ता भएका छन्।। आदर्श गाउँपालिका-५ स्थायी घर भएका पुष्करबहादुर सिंह सोमबार छिमेकीको मलामी गएको समयमा नदीमा डुबेर बेपत्ता भएका हुन्।
उनी डोटीको शिखर नगरपालिका-११ मा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए।
लामो समयदेखि आदर्श गाउँपालिकामा निजी बोर्डिङ संचालन गर्दै आएका सिंहको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।घटनास्थलमा डोटी प्रहरी प्रमुख विद्यानन्द माझीको नेतृत्वको टोली उद्धारका लागि खटेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
अहिले घटना भएको क्षेत्रमा सिंहको खोजीकार्य भइरहेको छ।जेठ महिनामा मात्रै सेती नदीमा बगेर तीनजना बेपत्ता भएका छन्।शिखर नगरपालिका बस्ने एक बालिका र केआइसिंह गाउँपालिका बस्ने एक शिक्षक पनि सेती नदीमा बगेर वेपत्ता भएका थिए।