भारतले अनलाइन सिस्टम लागू गर्दा पेट्रोलियम आयातमा समस्या

भारतले अनलाइन सिस्टम लागू गर्दा पेट्रोलियम आयातमा समस्या

बिर्तामोड : भारतले अनलाइन माध्यमबाट भन्सार इन्ट्री सिस्टम सुरु गर्दा पूर्वी नाका काँकडभिट्टाबाट पेट्रोलियम पदार्थ आयातमा समस्या भएको छ। गत शुक्रबारदेखि भारतले नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न सुरु गरेसँगै नेपाल आउने ट्याङ्कर भारतमा नै रोकिएपछि समस्या आएको हो।

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ वटा ट्याङ्कर पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकिएका छन्।अनलाइन इन्ट्री सिस्टममा केहि समस्या आएकाले ढिला भएको भारतीय अधिकारीलाई उदृत गर्दै नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए। 

काँकडभिट्टा नाकाबाट नेपाल निर्यात हुने वस्तुको पहिलोपटक अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न सुरु गरिएकाले सुरुवातमा समस्या भएको हुनसक्ने सूचना अधिकृत पौडेलको भनाई छ। 'पहिलोपटक सिस्टम राख्दा प्राविधिक समस्या आएको हुनसक्छ, मंगलबार राति वा बुधबार बिहानबाट नेपाल आउने ट्याङ्करको इन्ट्री सकिने भएकाले बुधबारसम्ममा सबै ट्याङ्कर नेपाल भित्रन सक्छन्,' पौडेलले भने। 

पूर्वका पम्पमा तेल अभाव
शुक्रबारदेखि नेपाली ट्याङ्कर नेपाल भित्रन नपाउँदा पूर्वका केही स्थानमा पेट्रोलियम पदार्थको अभाव देखिन सुरु भएको छ। पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ वटा ट्याङ्कर पानीट्याङ्की नाकामा रोकिदा तेल अभाव हुन सुरु भएको हो। 

केही पम्पमा तेल भएपनि धेरै पम्पमा सकिएकाले अभावको महसुस भएको सूचना अधिकृत पौडेलले बताए। केही पम्प बन्द भए पनि केहि पम्पले भने तेल वितरण गरिरहेको बताउँदै उनले ट्याङ्कर नेपाल प्रवेश गर्नसाथ पर्याप्त तेल पम्पमा पुर्‍याउने बताए।

ट्याङ्कर रोकिँदा झापा, इलाम, पाँचथर र ताप्लेजुङका ६० पेट्रोल तथा डिजल पम्प बन्द भएको उनले बताए। मेचीका यी चार जिल्लामा मात्र दैनिक १ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजेल खपत हुने गरेको पौडेललको भनाई छ।

कम्प्युटर सिस्टमले काम नगरेको भन्दै ट्याङ्कर लामो समयसम्म अड्काएर राखेको हुँदा मेनुयल सिस्टमबाट तथ्याङ्क राखेर भए पनि नेपाली ट्याङ्कर छाडिदिन भारतीय भन्सारलाई नेपाल आयल निगमले आग्रह समेत गरेको पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.