डढेलो निभाउन गएकी महिलाको जलेर मृत्यु

डढेलो निभाउन गएकी महिलाको जलेर मृत्यु

डोटी : डोटीको जोरायलगाउँपालिका क्षेत्रमा पर्ने वनमा लागेको आगो निभाउने क्रममा आगोले जलेर एक महिलाको मृत्यु भएको छ। गाउँपालिकाको-३ सरस्वती नगरको सुनिखोलाका भीम साहुकी श्रीमती अन्दाजी ३५/३६ वर्षीय दुर्गा साहुको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

घर नजिकै रहेको प्रस्ताबित सालगैरा सामुदायिक वनमा लागेको डढेलो निभाउन गएको बेला आगोमा परी सक्त घाइते भएकी साहुलाई उपचारका लागि अञ्चल अस्पताल कैलाली पुर्‍याइएको थियो।उपचारकै क्रममा उनको ज्यान गएको जोरायल गाउँपालिका- ३ का वडा अध्यक्ष दिनेश मल्लले बताए।

डोटीका अधिकांश वनमा डढेलो

जोरायल गाउँपालिकाभित्र पर्ने अधिकांश वनमा डढेलो लागिरहेको अध्यक्ष मल्लले जानकारी दिए।'चुरोट, बिंडी खाएर ठुटाहरु जथाभावी जंगल फाल्दा आगलागी भइरहेको छ,' मल्लले भने, 'स्थानीय तहबाट डढेलो न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम हुने गरेपनि ढीलो गरी आयोजना हुने भएकाले पनि प्रभावकारी हुन सकिरहेको छैन।'

अहिले डोटीका अधिकांश वनमा डढेलो लागिरहेको छ।जिल्लाको ६५ प्रतिशत भू-भाग वन क्षेत्रले ओगटेको छ। तीन सय ९७ वटा सामुदायिक वन मध्य अधिकांश सामुदायिक वनमा डढेलो लागेको भए पनि जिल्ला डिभिजन वन कार्यालयमा भने अहिलेसम्म वास्तविक तथ्यांक आउन नसकेको वन कार्यालयले जानकारी दिएको छ। वनमा लागेको आगोबाट निस्केको धूवाँको मुस्लोले वातावरण प्रदूषित हुनुका साथै स्वास फेर्न समेत मुस्किल परिरहेको स्थानीय जीवन बोहराले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.