सरकारको नारा पूरा भएपछि समाजवाद आउँछ : प्रचण्ड

सरकारको नारा पूरा भएपछि समाजवाद आउँछ : प्रचण्ड

ओखलढुंगा : सत्तासिन दल नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको विकास र समृद्धिको नारा पूरा भएपछि समाजवाद आउने बताएका छन् ।

पञ्चालयकालमा कांग्रेसको सशस्त्र विद्रोहको नेतृत्वकर्ता शहिद क्याप्टेन यज्ञबहादुर थापाको पूर्णकदको शालिक शिलान्याश कार्यक्रममा अध्यक्ष प्रचण्डले विकास र समृद्धिले संविधानले परिकल्पना गरेको समाजवाद ल्याउने बताएका हुन् ।

उनले शालिक शिलान्याशपछि सम्बोधन गर्दै सरकारले ल्याएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा पूरा हुँदा नेपालमा समाजवाद आउने र त्यो नयाँ संविधानको परिकल्पना भएको दावी गरे । उनले भने, ‘सबै नागरिक र दलहरुको आकांक्षा समृद्ध नेपाल हो, यो पूरा गर्न सबै मिलेर विकासमा सहकार्य गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.