मोदीको शपथमा प्रधानमन्त्री ओली

मोदीको शपथमा प्रधानमन्त्री ओली

नयाँ दिल्ली : विश्वकै ठूलो लोकतान्त्रिक मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले बिम्स्टेक सदस्य मुलुकका राष्ट्र/सरकार प्रमुखलाई साक्षी राख्दै दोस्रोपटक प्रधानमन्त्री पदको शपथ खाएका छन्। 

शपथमा बिम्स्टेक सदस्य मुलुकका नाताले प्रधानमन्त्री केपी ओली पनि सहभागी भए। अघिल्लो पटक उनले सार्कका राष्ट्र एवं सरकार प्रमुखलाई साक्षी राखेका थिए। त्यतिबेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी  थिए।

राष्ट्रपति भवनको फोरकोर्टको खुलामैदानमा भव्य समारोहबीच मोदीले बिहीबार साँझ राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानमन्त्री पदको शपथ लिएका हुन्।  गैरकांग्रेसी प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकालको शपथ लिने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन्। शपथसँगै उनको दोस्रो इनिङ सुरु भएको छ। 

समारोहमा प्रधानमन्त्री ओलीले मोदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। प्रधानमन्त्री ओली र मोदीबीचमा शुभकामनाका क्रममा समेत संक्षिप्त कुराकानी भएको थियो।उत्सवका रूपमा आयोजित समारोहबाटै मोदी क्याबिनेटका सहभागी मन्त्रीलाई पनि शपथ ग्रहण गराइएको छ।

प्रधानमन्त्री ओलीले मन्त्रीगणलाई पनि शुभकामना गर्दै सघन सहकार्यका लागि नेपाल सधैँ तत्पर रहेको बताएका थिए। विकासका लागि अग्रसर नेपालका लागि छिमेकका साथ र सहकार्य रहने भन्दै उनले सहकार्य गर्न तयार रहेको बताए। 

संक्षिप्त छलफलमा बिम्स्टेक सदस्यका अन्य राष्ट्र र सरकार प्रमुखसँग पनि सामान्य कुराकानी गरेका थिए। प्रधानमन्त्री ओलीले राष्ट्रपति कोविन्दासँग पनि संक्षिप्त छलफल गर्दै सहकार्य र सम्वन्धको विषय उठाउन पाए। कोविन्दाले नेपालको विकासको लागि भारत सहयोगी भावका साथ अघि बढ्ने बताए।

भारतीय प्रधानमन्त्री मोदीले छिमेकलाई साथ लिएर जाने सुनाएको र त्यही आधारमा सम्वन्ध अघि बढ्ने बताए। नेपाल र भारतको सम्बन्ध परापुर्व कालकोमात्र नभै साह्रै युनिक रहेको भन्दै यसलाई उदाहरणिय बनाउन पर्ने बताएको जानकारी अधिकारीहरुले दिए।

 नेपाल एयरलायन्सको दिउँसो १.३५ को नियमित उडानबाट करीब ३ बजे इन्दिरा गान्धी अन्तराष्ट्रिय विमान स्थलमा उत्रेका थिए। प्रधानमन्त्री ओलीलाई विमानस्थलमा भारतीय विदेश मन्त्रलायका सचिव (वेस्ट) गितेश शर्माले स्वागत गरेका थिए। राजदूत निलाम्बर आचार्य पनि पुगेका थिए। ओलीका साथमा पत्नी राधिका शाक्य, विदेश मामिला सल्लाहकार राजन भट्टराई , परराष्ट्र सचिव शंकरदास वैरागी छन्।

भारत सरकारको निमन्त्रणामा दिल्ली आएका ओली चाणक्यपुरीको डिप्लोमेटिभ इन्क्लेभस्थित ताज प्यालेसमा रहेका छन्। समारोहमा सहभागी हुनु अघि कुनै पनि राजनीतिक भेटघाट ओलीले गरेनन्। भारतीय पक्षको स्पष्ट निर्देशन नै रहेको हुँदा पहिलो दिन कुनै राजनीतिक भेटघाट नभएको बताइएको छ। 

शपथ समारोहमा सहभागी भएका ओलीले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग संक्षिप्त भेटघाट गरेका थिए। पाहुनाको स्वागतमा मोदीले आयोजना गरेको रात्रिभोजमा ओलीलगायत सदस्य समूह सहभागी भए। 

आफ्नो छोटो निमन्त्रणा स्वीकार गरेर शपथको शोभा बढाएको भन्दै मोदीले सबैलाई धन्यवाद दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.