विद्यालयको सोलार प्यानल हावाले उडायो
जेठ १७, २०७६ शुक्रबार १५:४५:०
रौतहट : बिहीबार राति आएको हावाहुरीले विजयपुर नगरपालिकामा रहेको श्रीमावी दुधिअवामा जडान भएको सोलार प्यानल उडाएको छ।हावाहुरीले चारहजार वाट क्षमताको सोलार प्यानल उडाएको हो।
प्यानल खस्दा विधालयको छाना तथा अन्य उपकरण गरी करिब १५ लाख बराबरको क्षति भएको विद्यालय शिक्षक रन्जन खरेलले जानकारी दिए।