च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

मड्रिड :  यस सिजनको युरोपियन च्याम्पियन्स लिगको उपाधि इङ्लिस क्लब लिभरपुलले जितेको छ । शनिबार राति भएको फाइनलमा अर्काे इङ्लिस टोली टोटनह्यामलाई २–० ले हराउँदै लिभरपुलले उपाधि जितेको हो । 

स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिटिन रंगशालामा भएको खेलमा लिभरपुलले पेनाल्टी गोलमार्फत दोस्रो मिनेटमै अग्रता बनाएको थियो । खेल सुरु भएको पहिलो मिनेटमै टोटनह्यामका मिडफिल्डर सिसाकोले ह्यान्ड बल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । त्यसलाई मोहम सलाहले गोलमा परिणत गरी टोलीलाई अग्रता दिलाए । 

अधिकांह समय बल आफ्नो कब्जामा लिइ टोटनह्यामले निरन्तर दबाब सिर्जना गरे पनि गोल गर्न सकेन । ८७ औं मिनेटमा वरिजीले गोल गरी लिभरपुलको जित निश्चित बनाइदिए । 
सेमिफाइनलमा  लिभरपुल स्पनिस क्लब बार्सिलोनालाई पराजित गरी फाइनल पुगेको हो। टोटनह्यामले डच टोली आजाक्समाथि जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो ।

गत सिजनको उप विजेता लिभुपरलले यससँगै च्याम्पियन्स लिगको ६ टाइटल जितेको छ । च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली स्पेनिस क्लब रियल मड्रिड हो । उसले १३ सिजनको उपाधि जितेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.