वीरगन्जमा ठूलो परिमाणमा चरेस बरामद, तस्कर फरार

वीरगन्जमा ठूलो परिमाणमा चरेस बरामद, तस्कर फरार
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ। वीरगन्ज महानगरपालिका-१६ गणेश टोलबाट प्रहरीले १९ किलो ५०० ग्राम चरेस बरामद गरेको हो।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज-१६ गणेश टोलको भित्री सडकबाट १३ वटा प्याकेटमा रहेको उक्त चरेस बरामद गरेको प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए।

प्रहरी टोली गणेश टोलमा पुग्दा नम्बर खुल्न नसकेको मोटरसाइकलमा बोरामा चरेस लिएर जाँदै गरेका चालक भने फरार छन्। बरामद चरेस प्रहरी कार्यलयमा राखिएको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक चौलागाईले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.