आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

आईसीसी विश्वकप : आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी

कागिसो रबडा (दक्षिण अफ्रिका)

विश्वकप क्रिकेटअन्तर्गत आइतबार बंगलादेशविरुद्धको खेलमा सबैको नजर रहने छ, दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबडामा। दक्षिण अफ्रिकाका मुख्य हतियार रबडा उदीयमान खेलाडी हुन्। रबडाले ६७ एकदिवसीय खेलमा दक्षिण अफ्रिकाका लागि १०८ विकेट लिइसकेका छन्।

 सन् २०१५ जुलाई १० मा बंगलादेशविरुद्धकै खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका उनी आइतबार बंगलादेशविरुद्ध नै मैदानमा उत्रँदै छन्। रबडाले बंगलादेशविरुद्धको डेब्यु खेलमा आठ ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेर ६ विकेट लिएका थिए। उनले एउटै खेलमा एक पटक पाँच विकेट र चार पटक ६ विकेट लिइसकेका छन्।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका दौरान ढाडमा समस्या बोकेका रबडा विश्वकपअघि पूर्ण रूपमा फिट हुन्छन् कि हुँदैनन् भन्ने चिन्ता थियो। तर, त्यो चिन्तालाई चिर्दै उनले गत बिहीबार घरेलु टोली इङ्ल्यान्डविरुद्ध मैदानमा उत्रिएका थिए। उनले उद्घाटन खेलमा १० ओभर बलिङ गर्दै दुई महत्वपूर्ण विकेट लिएका थिए।

आईपीएलमा दिल्ली क्यापिटल्सका लागि १२ खेलबाट २५ विकेट लिएका उनले विश्वकप क्रिकेटमा पनि त्यही लयलाई कायम राख्ने विश्वास गरिएको छ।

सकिब अल हसन (बंगलादेश) 

दक्षिण अफ्रिकासँगको खेलसँगै बंगलादेशले इङ्ल्यान्ड विश्वकपको सुरुआत गर्दा टोलीलाई जिततर्फ उन्मुख गराउन सकिब अल हसनको भूमिका महत्वपूर्ण हुनेछ । २४ वर्षीय हसन बंगलादेशका अलराउन्डर हुन् । बायाँहाते ब्याट्सम्यान उनी ‘लेफ्टआर्म अर्थोडक्स’ बलर हुन् । विपक्षीविरुद्ध डटेर ब्याटिङ गर्ने हसन २००६ देखि राष्ट्रिय टोलीमा छन् । 

उनले एकदिवसीयमा हालसम्म एक सय ९८ खेल खेल्दै पाँच हजार सात सय १७ रन बनाएका छन् । बलिङमा पनि उनले समान एक सय ९८ खेल खेल्दै दुई सय ४९ विकेट लिएका छन् । उनले उक्त विकेट लिने क्रममा सात हजार चार सय ५८ रन खर्चिएका छन् ।

मैदानमा शान्त स्वभावले खेल्ने सकिवको प्रदर्शनले धेरैलाई लोभ्याउले गर्छ । आईसीसी एकदिवसीय वरीयताको अलराउन्डरतर्फ माथिल्लो स्थानमा रहेका हसन बंगलादेशका भरपर्दा खम्बा हुन् । उनी बंगलादेशका लागि विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्। 

उनले २१ खेलमा चार सय ४० रन बनाएका छन् । साथै उनी बंगलादेशका लागि २३ विकेट हात पार्दै सर्वाधिक विकेट लिने खेलाडी पनि बनेका छन् । ब्याटिङ र बलिङ दुवैमा जादुमय प्रदर्शन क्षमता भएका हसन आइतबार दक्षिण अफ्रिकालाई टाउको दुःखाइ बन्ने देखिन्छ ।

 बंगलादेशले विश्वकपअघि वेस्ट इन्डिज र आयरल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला जित्दा पनि हसनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले आयरल्यान्डविरुद्धको खेलमा ५० रन बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.