उपत्यकामा दिउँसो मालवाहक गाडी चलाउन नपाइने
काठमाडौं : मालवाहक गाडी उपत्यकामा दिउँसो चल्न नपाउने भएका छन्। यातायात व्यवस्था विभागले दिउँसाे मालवाहक गाडी उपत्यकामा चल्न नदिने निर्णय गरेको हो । यो निर्णय असार १ गतेदेखि लागु हुने यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।
निर्देशक दाहालका अनुसार यो नियम लागु भएपछि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उपत्यकाभित्र मालवाहक गाडी चलाउन पाइने छैन। अत्यावश्यक सामान ढुवानीका लागि भने निश्चित सवारीलाई छुट दिइएको छ ।
दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला, पेट्रोलियम पदार्थलगायत ढुवानीमा प्रयोग हुने सवारीको हकमा भने यो नियम लागु हुने छैन ।