‘दुई अध्यक्षले सरकार चलाउने कुरा विवाहमा शोक धुन बजाएजस्तै’

‘दुई अध्यक्षले सरकार चलाउने कुरा विवाहमा शोक धुन बजाएजस्तै’

सिन्धुली : सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दुई अध्यक्षले आलोपालो सरकार चलाउने कुरा विवाह समारोहमा शोक धुन बजाएजस्तै हुने टिप्पणी गरेका छन्। 

आइतबार प्रेस संगठन नेपालले सिन्धुलीमाढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन्।  आलोपालो सरकारको नेतृत्व गर्नेबारे दुबै अध्यक्षले बोल्दै नबोलेको कुरा मिडियाले उचालेर तरंगित बनाएको उनको आरोप छ। 

‘पार्टीको एकता र सरकारको नेतृत्वबारे दुबै अध्यक्षलाई आफ्नो भूमिका र कार्यभारबारे राम्रो थाहा छ’, मन्त्री बाँस्कोटाले भने, ‘दुई अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने कुरा धुमधामसँग भइरहेको विवाहमा शोक धुन बजाएजस्तै हो।’ 

उनले आलोपालो सरकारमा कुनै विवाद नभएको प्रष्ट पारे। दुवै अध्यक्षमाथि देशको समान जिम्मेवारी रहेको उनको भनाइ छ। 

केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक टेलिभिजनको अन्तवार्तामा दिएको अभिव्यक्ति अहिले नेकपा वृत्तमा विवादका लागि मसला बनेको छ। 

एकताका बेला भएको सहमति अनुसार आलोपालो सरकारको नेतृत्व गर्ने प्रचण्डले बताएका थिए। सोही सहमति अनुसार १२÷१३ महिनापछि आफू प्रधानमन्त्री बन्ने उनको भनाइ थियो। 

मिडियामा यो विषयमाथि बहस सुरु भएपछि स्वयम् प्रचण्डले आफूले त्यस्तो अभिव्यक्ति नदिएको तर मिडियाले गलत व्यख्या गरेको टिप्पणी गरिसकेका छन्। सोही विषयमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो निप्पणी गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.