प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता : एक-अर्कालाई विश्वस्त पार्ने प्रयास

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता : एक-अर्कालाई विश्वस्त पार्ने प्रयास

काठमाडौं : सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। 

तत्कालीन दुई पार्टीको एकताका बेला भएको भनिएको भित्री सहमति सार्वजनिक भएपछि दुई अध्यक्षका बीचमा असमझदारी बढेको थियो। त्यसपछि दुई अध्यक्षको पहिलो पटक भेटवार्ता भएको हो। 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षले छलफल गर्दै एकले अर्का नेतालाई आफ्ना सार्वजनिक पछिल्ला अभिव्यक्तिका विषयमा प्रष्ट पार्ने प्रयास भएको बालुवाटार स्रोतले बताएको छ। 

पार्टी सचिवालय बैठकको तयारी र त्यसका लागि पोलिटब्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ। 

अध्यक्ष प्रचण्डले आफूले सहमतिका विषयमा सार्वजनिक भइसकेका अभिव्यक्ति नै दोहोर्‍याएको तर त्यसलाई सञ्चारमाध्यमले अतिरज्जित बनाउँदै उचाल्न खोजेको धारणा राखेका थिए। 

प्रधानमन्त्री ओलीले भने अभिव्यक्तिले गर्न खोजेको संकेतका विषयमा प्रष्टता आउनुपर्ने धारणा राखेका थिए। दाहालले आफूहरुको एकतामा अनावश्यक रुपमा दरार ल्याउन खोजिएकाले यसमा सचेत हुनुपर्ने र एकतावद्ध भएर पार्टीका बाँकी कामको टुंगो लगाउनु पर्नेमा जोड गरेका छन्। 

 ‘उहाँहरुवीच पछिल्ला दिनमा देखिन खोजेको असमझदारीका विषयमा एक अर्काेलाई आफ्ना अभिव्यक्तिका विषयमा प्रष्ट पार्ने प्रयास भयो, एक अर्कालाई विश्वस्त पार्ने प्रयास पनि भयो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले भारत भ्रमणका विषयमा पनि जानकारी गराउनुभयो। अन्य सचिवालय बैठक, कार्यविभाजन केन्द्रित छलफल पनि भयो।’

प्रधानमन्त्री ओली २५ जेठबाट एक साता लामो युरोप भ्रमणमा जान लागेकाले पनि पार्टीका नेताको कार्यविभाजनका विषयमा पनि नेताले छलफल गरेका थिए। दुई अध्यक्षको छलफलपछि महासचिव विष्णु पौडेललाई पनि सहभागी गराएर छलफल गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.