अमेरिकी राजदूतको गतिविधिविरुद्ध संसदमा कड्कीए भीम रावल

अमेरिकी राजदूतको गतिविधिविरुद्ध संसदमा कड्कीए भीम रावल

काठमाडौं : सत्तारुढ दल नेकपाका नेता भीम रावलले बजेटमा उल्लेख भएअनुसार नीति व्यवहारमा पालना गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

सोमबार बसेको संघीय संसदको बैठकमा बोल्दै नेता रावलले सरकारको कडा आलोचना गरेका हुन् । अन्तर्राष्ट्रिय क्षेत्रको सम्बन्धमा बजेटमा सरकारले उल्लेख गरेका कुरा सकारात्मक भए पनि व्यवहारमा लागू हुन नसकेकोमा उनले आपत्ति जनाएका थिए ।

‘हाम्रो देशको स्वाधिनता, स्वतन्त्रता, राष्ट्रिय अखण्डता जस्ता विषय बजेटमा उल्लेख भइरहँदा पोखरामा किन खुला सैन्य तालिम हुन्छ ?’ नेता रावलले सोधे । अमेरिकी राजदूतले मर्यादा विपरीत गतिविधि गर्दैआएको भन्दै त्यसको पनि उनले विरोध गरे ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई लक्षित गर्दै नेता रावलले भियना अभिसन्धिको विरुद्ध अमेरिकी राजदूतले खुलेआम गतिविधि गर्दैआएको औंल्याएका थिए ।
बेरीले पछिल्लो समय ‘राजदूतसँग गफगाफ’ नामको कार्यक्रम सञ्चालन गर्दैआएका छन् । जुन उनको मर्यादा विपरीत रहेको भन्दै सरकारले त्यस्ता कार्यक्रम नियन्त्रण गर्नुपर्ने रावलको धारणा थियो । राष्ट्रियताको विषयमा यसअघि पनि नेता रावलले आफ्नै पार्टीका नेता तथा सरकारको विरुद्ध कडा अभिव्यक्ति दिँदैआएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.