सोलुखुम्बु घटनापछि प्रकाण्डकाे विज्ञप्ति : कारवाही गर्ने हाम्रो नीति छैन

सोलुखुम्बु घटनापछि प्रकाण्डकाे विज्ञप्ति : कारवाही गर्ने हाम्रो नीति छैन

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको प्रष्ट पारेका छन्। सोलुखुम्बु घटनापछि सोमबार विज्ञप्ति जारी गर्दै प्रकाण्डले पार्टीमाथि सरकारले षड्यन्त्र गरेको दावी गरेका हुन्।

'सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारवाजीप्रति ध्यानाकर्षण भएको छ' विज्ञप्तिमा भनिएको छ,'सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यस प्रकारको कुनै घटना नभएको स्पष्ट पार्न चाहान्छौं।'

पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप त्यसप्रकारको समाचार बाहिर आएको समेत प्रकाण्डले विज्ञप्ति मार्फत् प्रष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.