बिस्कुटमा टुथपेस्ट खुवाएर प्र्यांक गर्नेलाई जेल : २०२२ सम्म युट्युबमा भिडियो पोस्ट गर्न नपाउने

बिस्कुटमा टुथपेस्ट खुवाएर प्र्यांक गर्नेलाई जेल :  २०२२ सम्म युट्युबमा भिडियो पोस्ट गर्न नपाउने

एजेन्सी 

माद्रिद : प्र्यांकको  नाममा टुथपेस्ट भरिएको बिस्कुट खुवाउने स्प्यानिश युट्युबरलाई १५ महिनाको जेल सजाय सुनाइएको छ।

उनले पीडित व्यक्तिलाई २२ हजार ३ सय डलर जरिवाना पनि तिर्नुपर्नेछ। उक्त बिस्कुट खाएपछि ५२ वर्षीय जर्ज एलले बान्ता गर्न थालेका थिए। उनले आफू लामो समयदेखि सडकमा बस्दै आए पनि यसअघि यस्तो व्यवहार नभएको जानकारी दिएका छन्।

युट्युबमा रिसेत नामले चर्चित कंगुआ रेनले घरबारविहीन ती व्यक्तिलाई बेइज्जत र अत्याचार गरेको भन्दै अदालतले दोषी ठहर्‍याएको हो।

स्प्यानिश कानुनअनुसार हिंसात्मक घटना नभएका अपराधमा पहिलोपटक दोषी ठहरिएका व्यक्तिलाई दुई वर्षभन्दा कम सजाय भए माफी दिन सकिन्छ। 

युट्युबरले यो भिडियो रमाइलोका लागि मात्रै बनाएको भन्दै आफ्नो बचाउ गर्न खोजेका थिए। उनले अदालतमा भनेका थिए, ‘म मानिसलाई हसाउने काम गर्छु। यस्ता भिडियो खुब रुचाइन्छन्।’ उक्त भिडियोबाट मात्रै उनले २ हजार यूरो कमाएका थिए। 

उनले सन् २०१७ मा भएको घटनामा क्रिमको साटो बिस्कुटमा टुथपेस्ट राखेका थिए। आफ्नो निकै आलोचना हुन थालेपछि रेनले भिडियो हटाएका थिए। उनले सोही बेला पीडितलाई २० यूरो दिएर बच्न खोजेका थिए। 

रेनले यस्ता थुप्रै व्यक्तिसँग प््रयांकको नाममा अमानवीय व्यवहार गर्दै आएका थिए। अदालतले उनको युट्युब च्यानल बन्द गर्नुपर्ने र २०२२ सम्म कुनै पनि भिडियो पोस्ट गर्न नपाउने आदेश दिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.