सय रुपैयाँ घुस दिने चालक प्रहरीको फन्दामा

सय रुपैयाँ घुस दिने चालक प्रहरीको फन्दामा

विराटनगर : ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक प्रहरीकै फन्दामा परेका छन्।प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले प्रहरीलाई घुस दिएको आरोपमा मिनि ट्रकका चालक हेमबहादुर विकलाई पक्राउ गरेको हो। 

धनकुटाको चौबिसे गाउँपालिका- ६ का १९ वर्षीय हेमबहादुर विकले सवारी चालक अनुमति पत्र नलिई सवारी चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले कारवाही गर्दा ड्युटीमा खटिएका प्रहरी जवान पोषराज खतिवडालाई सवारी दर्ता किताब (ब्लु बुक)मा च्यापरेर ५० रुपैयाँका दुई थान नोट घुस दिन खोजेका थिए।  

भोजपुरबाट इटहरी हुँदै झुम्कातर्फ जाँदै गरेको को १ ख २६११ नम्बरको खाली ग्यासको सिलिण्डर लिएको मिनि ट्रकका चालक समेत रहेका विकलाई  पक्राउ गरी आवश्यक इलाका प्रहरी कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए।

पूर्वमा सवारी दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरी कार्यालय इटहरीले शून्य सहनशीलताको कार्यक्रमलाई अगाडि बढाएको उनको भनाई छ। प्रहरी उपरीक्षक दाहालले ट्राफिक प्रहरीलाई प्रलोभनमा पारेर सवारी नियम उल्लंघन गर्नेलाई ठाउँका ठाउँ कारवाही गर्ने चेतावनी समेत दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.