मस्जिदमै मेयरमाथि हातपात

मस्जिदमै मेयरमाथि हातपात

रौतहट : राजपुर नगरपालिकाका मेयर कुटिएका छन्। इद पर्व मनाउन चन्दा माग गर्दा विवाद भएपछि मंगलबार राति रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिललाई राजपुरको मह्मुदिया मस्जिदमाथि कुटपिट भएको हो।

इद पर्व मनाउने क्रममा राति मेयर सकिल मस्जितमा गएको समयमा केही व्यक्तिले चन्दा मागेका थिए।इदको अघिल्लो दिन मंगलबारसम्म मेयरले सहयोग रकम नदिएपछि आक्रोशित बनेका शेख कासिमलगायतका व्यक्तिले मेयर सकिलमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।

मस्जिदमा गएको बेला स्थानीयले आफूसँग सहयोग रकम मागेको र पैंसा बोकेको छैन भोलि दिन्छुभन्दा टर्चलाइटले प्रहार गरेको मेयर सकिलले बताए। उनको आँखा नजिकै तथा टाउकोमा चोट लागेको छ। राति नै सदरमुकाम गौरमा उपचार गर्न लगिएको र त्यहाँबाट बिरगंज उपचारका लागि लगिएको थियो।

राजपुरको मस्जिदमा मेयरमाथि हातपात भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए ।मेयरमाथि आक्रमण गरेका व्यक्ति फरार रहेकाले खोजी भइरहेको डीएसपी कार्कीले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.