आजका प्रभाव पार्न सक्ने खेलाडी

आजका प्रभाव पार्न सक्ने खेलाडी

स्टिभन स्मिथ (अस्ट्रेलिया)

अस्ट्रेलियन टोलीका अनुभवी खेलाडी हुन्, स्टिभन स्मिथ। ३० वर्षीय स्मिथको यो तेस्रो विश्वकप सहभागिता हो। यसअघि उनले सन् २०११ र सन् २०१५ को विश्वकप पनि खेलेका थिए। खासगरी मध्यक्रमका ब्याट्सम्यानको भूमिकामा देखिए पनि उनी टोलीका अलराउन्डर खेलाडी हुन्। जारी विश्वकपको पहिलो खेलमा १८ रनमै पेभेलियन फर्किए पनि अस्ट्रेलियाको अधिकांश सफलतामा उनको भूमिका निर्णायक सावित हुँदै आएको छ।

खेलका क्रममा बल बिगारेको (बल टेम्परिङ) को आरोपमा प्रतिबन्धमा परेपछि लामो समय मैदान बाहिर रहेर फर्किएकाले स्मिथ पछिल्लो समय क्रिजमा अझ आक्रामक देखिएका छन्। अस्ट्रेलियाका लागि उनले एक सय नौ एकदिवसीयको ९५ पालीमा ४१.५५ को औसतले कुल तीन हजार चार सय ४९ रन बनाएका छन्। एकदिवसीय क्रिकेटमा उनको उच्च स्कोर एक सय ६४ रन हो।

एकदिवसीय क्रिकेटमा उनले हालसम्म आठ शतक र १९ अर्धशतक प्रहार गरेका छन्। बलिङतर्फ पनि उनले ३६ पाली खेलेर २७ विकेट लिएका छन्। स्पिन बलिङ गर्ने स्मिथले एउटै खेलमा १६ रन खर्चिएर तीन विकेट लिएका छन्। अलराउन्डर स्मिथले एकदिवसीय क्रिकेटमा ६३ वटा क्याच पनि लिएका छन्।

ओसेन थोमस (वेस्ट इन्डिज)

क्यारेबियन टोलीका प्रभावशाली युवा बलर हुन्, ओसेन थोमस। तीव्रगतिका २२ वर्षीय बलर थोमसको यो पहिलो विश्वकप सहभागिता हो। जारी विश्वकपमा पाकिस्तानविरुद्घको पहिलो खेलमै उनले आफ्नो कमाल देखाइसकेका छन्। उक्त खेलमा थोमसले चार विकेट लिएका थिए। किफायती बलिङ गरेको थोमसले ५.४ ओभरमा ४.७६ को औसतले केवल २७ रन खर्चिएका थिए।

वेस्ट इन्डिजको टेस्ट टोलीमा स्थान बनाउन संघर्षरत थोमसले हालसम्म एकदिवसीय प्रतियोगिता पनि १० वटामात्र खेलेका छन्। १० वटा एकदिवसीयको नौ पालीमा उनले १९ विकेट लिइसकेका छन्। एकदिवसीय क्रिकेटको एउटै खेलमा भने उनको उत्कृष्ट प्रदर्शन २१ रन खर्चिएर पाँच विकेट हो। उनले सन् २०१८ को अक्टोबरमा भारतविरुद्घ खेल्दै एकदिवसीय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए। उक्त खेलमा एक विकेट लिएका थोमसले शिखर धवनलाई बोल्ड गरेका थिए।

उनले टीट्वेन्टी क्रिकेटमा पनि राष्ट्रका लागि सात खेल खेल्दै पाँच विकेट लिएका छन्। टीट्वेन्टी क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन २१ रन खर्चिएर दुई विकेट हो। उनी हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स टोलीमा थिए। दायाँ हातले बलिङ र बायाँ हातले ब्याटिङ गर्नु उनको अर्को विशेषता हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.