सिभिल जोगाउन अभियान सक्रिय

सिभिल जोगाउन अभियान सक्रिय

काठमाडौं : सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्था जोगाउन सहकारी अभियानको सक्रियता बढेको छ। सिभिल डुबेमा सिंगो सहकारी अभियान प्रभावित हुने भएकाले सहकारी अभियानले सिभिल सहकारीको समस्या समाधान गर्न चासो व्यक्त गरेको हो।

जिल्ला सहकारी संघ काठमाडौंको सक्रियतामा समस्याग्रस्त सिभिल सहकारी जोगाउन लागिएको हो। संघका अध्यक्ष टेकप्रसाद चौलागाईले सिभिललाई सही ट्र्याकमा ल्याउन पहल थालिएको बताए। ‘तत्कालको समस्या समाधान गर्न अन्तर लगानी गर्ने योजना समेत बनेको छ’, उनले भने। सिभिल बचाउन चौलागाईको संयोजकत्वमा एक कमिटी गठन भएको छ। कमिटीमा काठमाडौं जिल्ला बचत संघका अध्यक्ष दिपक पनेरु, बहुउद्देश्यीय संघ काठमाडौंका अध्यक्ष मनोज थापा मगर, शुक्रपथ सहकारीका अध्यक्ष निरहरी उपाध्याय, ज्येष्ठ आइडोलोजी सहकारीका अध्यक्ष हेमबहादुर कार्की, सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलगायत छन्।

सिभिल सहकारीले आफ्नो सबै कर्जा हाउजिङ क्षेत्रमा प्रवाह गर्दा समस्याग्रस्त छ। सहकारीले निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न सकिरहेको छैन। जिल्ला संघका अध्यक्ष चौलागाईले अरु सहकारीलाई समस्यामा नपार्ने गरी अन्तरलगानी गरेर सिभिल बचाउने तयारी सुरु भएको बताए। कमिटीको शुक्रबार बैठक बस्ने तय भएको छ।

सिभिल सहकारीले अहिले देखिएको तरलता व्यवस्थापन गर्न सञ्चालकबाट रकम संकलन गर्दै आएको छ। एक महिनाभित्र ४५ करोड रुपैयाँ जम्मा गरेर निक्षेपकर्तालाई पैसा फिर्ता दिन लागेको सिभिल सहकारीका संस्थापक अध्यक्ष तथा सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङले बताए। उनले सहकारी डुब्ने अवस्थामा पुगेकाले अन्य सहकारी संस्थालाई बचत गरेर सहयोग गर्न अपिल गरेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.