पाल्पामा फस्टाउँदै तरकारीखेती

पाल्पामा फस्टाउँदै तरकारीखेती

तानसेन गत वर्षसम्म तानसेन प्रभासको पूर्वी भागको जग्गा बाँझो थियो। त्यही जमिनमा अहिले लटरम्म गोलभेंडा र काँक्रा फलेका छन्। कृषक धुव्र भण्डारी, महेश्वर पन्तलगायतको समूहले तानसेन नगरपालिका–७ प्रभासमा ४० रोपनी बाँझो जग्गा भाडामा लिएर व्यावसायिक तरकारीखेती गरेका हुन्। समूहले पहिलो सिजनामा गोलभेंडा, काँक्रा र तिते करेलालगायत तरकारी लगाएका छन्।

पहिलो सिजनमै ५० हजार रुपैयाँको गोलभेंडा बिक्री भइसकेको छ। २५ रोपनी जग्गामा गोलभेंडा, १० रोपनीमा काँक्रा र ५ रोपनी तिते करेला लगाइएको छ। समूहले वार्षिक प्रतिरोपनी ४ हजारको दरले १ लाख ६० हजार भाडा तिर्ने गरी जग्गा धनीसँग ५ वर्षे सम्झौता गरेको छ। सहरबजारमा घर घडेरी बिक्रीका लागि जमिन खण्डीकरण भइरहेको समयमा व्यावसायिक तरकारीखेतीले उत्पादन वृद्धिसँगै जमिन टुक्रिनबाट बचेको समूहका अगुवा पन्तले बताए।

समूहले दैनिक १८ जना कामदारलाई रोजगारी दिँदै आएको छ। समूहले लगाएको तरकारीखेती देखेर प्रभास वरपरका कृषकले पनि तरकारीखेती सुरु गरेका छन्। वर्षमा १ बाली मात्र उत्पादन गर्दै आएका कृषकले बारी बाँझो नराखी तरकारी लगाएका छन्। आगामी वर्षदेखि १ सय रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारीखेती गर्ने योजना रहेको समूहका अगुवा ध्रुव भण्डारीले बताए।

तानसेन नगरपालिका–१४ अर्गलीका लेखनाथ न्यौपानेको सम्पत्तिको नाममा एउटा घडेरी मात्र छ तर उनले ३० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। ७ वर्ष मलेसियामा काम गरी फर्किएका न्यौपानेले ३ वर्षदेखि जग्गा भाडामा लिएर तानसेनको अर्गलीमा तरकारीखेती गर्दै आएका छन्।

तानसेन नगरपालिका–८ का नरबहादुर सार्की, विष्णुबहादुर सुनार र सोमबहादुर सुनारले संयुक्तरूपमा ५० रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरेका छन्। समूहले ५० रोपनी जग्गाको वार्षिक २ लाख ४० हजार रुपैयाँ भाडा तिर्दै आएको छ। तानसेन नगरपालिका –१४ अर्गलीका निर्मल रानाले १५ रोपनी जग्गा वार्षिक ६० हजार भाडा तिरेर तरकारीखेती गर्दै आएका छन्। तानसेन नगरपालिका –७ का दिपकबहादुर रायमाझीले १४ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारीखेती गर्दै आएका छन्।

तानसेन नगरपालिका भित्र मात्र ४५ जना कृषकले करिब ४ सय ५० रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरिरहेका छन्। ग्रामीण क्षेत्रमा जग्गा बाँझो राखी सहरमा बसाइँसराइ बढ्दै गएको समयमा तानसेन नगरपालिका कृषकले जग्गा भाडामा लिएर नमुना तरकारीखेती गरेका छन। तानसेन नगरपालिकाको अर्गली, मदनपोखरा, दमकडा, काजीपौवा प्रभास लामडाँडा बराङ्दी, सेतीपोखरी, धरमपानी, चवनवारी, बौघा गुम्वालगायत क्षेत्रमा व्यावसायिक तरकारीखेती फस्टाएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जग्गा भाडामा लिई तरकारीखेती गर्दै आएका कृषकलाई सहयोग गरेको छ।

जग्गा भाडामा लिएका कृषकको तरकारी उत्पादनको आधारमा जग्गाको क्षेत्रफल नापजाँच गरी भाडाको ५० प्रतिशत रकम सहयोग गरिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामप्रसाद पाण्डेले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.