‘मानव पुँजी निर्माणका क्षेत्रमा बजेट वृद्धि’

‘मानव पुँजी निर्माणका क्षेत्रमा बजेट वृद्धि’

काठमाडौं : अर्थमन्त्री युवराज खतिवडाले मानव पुँजी निर्माणमा मुख्य योगदान गर्ने क्षेत्रमा बजेट बढाएको बताएका छन्। आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा २१ देखि २२ प्रतिशतसम्म बजेट बढाइएको उनको भनाइ छ।

कुल बजेट १६ प्रतिशतले बढाइरहँदा यी तीन क्षेत्रमा २२ प्रतिशतसम्म बजेट बढाएको उनले जानकारी दिए। आगामी वर्ष मानव पुँजी निर्माणको क्षेत्रमा आवश्यकताका आधारमा योगदान बढाउँदै लैजाने उद्देश्यले बजेट बढाएको उनको भनाइ छ। उनले भने, ‘सामाजिक सुरक्षाजस्ता मानव पुँजीका महŒवपूर्ण क्षेत्रमा बढाइएको छ।’ राज्यको प्रमुख दायित्व बालकदेखि वृद्धसम्मका नागरिकको सुरक्षा भएकाले सामाजिक सुरक्षामा सरकारले ध्यान दिएको उनको जिकिर छ।

दिगो विकासका लागि उत्पादकत्व वृद्धि महŒवपूर्ण तत्व हो। यसका लागि मानव पुँजी अपरिहार्य साधन भएको अर्थमन्त्री खतिवडाले बताए। ‘मानव पुँजी ज्ञान, क्षमता, अन्वेषण, सुस्वास्थ्य, प्रेरणा, शिक्षा, उत्पादनशील जीवनका लागि उत्पादकत्वप्रतिको तत्परताजस्ता विकासका तत्व सम्मिलित हुन्छ। मानव पुँजी दिगो विकासको प्रमुख तत्व हो। प्रतिस्पर्धी क्षमता विकासको आधार पनि हो,’ उनले भने, ‘उत्पादकत्व वृद्धि बिनाको पुँजी सञ्चयले उच्च वृद्धि हासिल गर्न असम्भव छ। प्राकृतिक स्रोतको कम उपभाग गरी उत्पादकत्व वृद्धिबाट नै दिगो विकास अघि बढाउन सकिन्छ। यसका लागि मानव पुँजी अपरिहार्य साधन हो।’

पुँजी सञ्चयका आधारमा धेरै देश छिटो विकास भइरहेका छन्। भौतिक पुँजी, प्राकृतिक स्रोतको अधिकतम प्रयोगजस्ता कारणले विकासको गति बढाइरहेका छन्। उनले भने, ‘हामीले निश्चित समयका लागि मानव पुँजीमा लगानी गर्ने तथा छोटो अवधिका लागि किन गर्ने भन्नेबीच दृष्टिकोणात्मक अन्तर छ।’

छोटो अवधिका लागि ल्याइने लोकप्रिय कार्यक्रमले जनतालाई क्षणिक खुसी मात्रै बनाउने उनले बताए। ‘सडक निर्माण, विद्यालय निर्माण, विद्युत्, यातायातजस्ता भौतिक विकासबाट मानिस निश्चित समयका लागि खुसी हुन्छन्। ४÷५ वर्षको अवधि लिएर निर्वाचित भएको सरकारले यो छोटो अवधिको विकासमा जोड दिन्छन्’, उनले भने, ‘तर नीति निर्माता, विज्ञका लागि यो चुनौतीको विषय हो। दीर्घकालीनरूपमा विकास कार्यक्रम कसरी अघि बढाउने ? त्यसैले हामीले मानव पुँजी विकासमा जोड दियौं।’

राज्यले दीर्घकालीन विकासमा जोड दिनैपर्ने उनको धारणा छ। विश्वव्यापीकरणपछिको अवस्थामा थुप्रै प्राविधिक परिवर्तन भइरहेको छ। मानव पुँजीमा यसले पनि सघाउ पुर्‍याइरहेको उनले बताए। सरकारले मानव पुँजीका क्षेत्र विविधीकरणका लागि लगानी गरिरहेको उनले जानकारी दिए।

सामाजिक, आर्थिक र भौतिक पूर्वाधार यी तीन वटै क्षेत्रमा लगानीबीच सन्तुलन आवश्यक हुनुपर्नेमा उनको जोड छ। सामाजिक क्षेत्रमा गरिएको लगानीले उत्पादकत्व बढाएको हामीसँग अनुभव पनि छ। उनले भने, ‘एउटा सामाजिक क्षेत्रलाई छोडेर, अरु आर्थिक तथा भौतिक क्षेत्रमा मात्रै लगानी गरेर हुँदैन। यी क्षेत्रमा सन्तुलन कायम गर्न सके मात्रै उचित प्रतिफल पाइने सम्भावना रहन्छ।’

शिक्षित र दक्ष जनशक्ति भए पनि उनीहरूका लागि रोजगारीको वातावरण नभएको अर्थमन्त्री खतिवडा बताउँछन्। उनले भने, ‘उनीहरूलाई आबद्ध गराउन सक्ने हामीसँग यथेष्ट आर्थिक गतिविधि छैनन्। हामीसँग प्रशस्त अवसर छैनन्, जसको उनीहरूले उपयोग गर्न सक्ने अवस्था छैन। त्यसैले सन्तुलन आवश्यक छ।’

अर्थमन्त्री खतिवडाले मानव पुँजीको विकासका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उच्च प्राथमिकता दिएको बताए। मान्छेको जन्मदेखि मृत्युसम्मको जीवनचक्रलाई सामाजिक सुरक्षा र मानव विकाससँग जोड्ने गरी बजेट ल्याइएको खतिवडाले बताए।

दिगो विकासको आधार नै मानव पुँजीको भएको भन्दै उनले भौतिक पूर्वाधारसँग यसलाई पनि अघि बढाइएको उनले दाबी गरे। ’आधारभूत शिक्षा अनिवार्य र माध्यामिक तहसम्मको शिक्षा निःशुल्क गर्ने संवैधानिक व्यवस्था कार्यान्वयन गरेर हामी अघि बढिरहेका छौं’, उनले भने, ‘यसका अतिरिक्त स्वास्थ्य र रोजगारीका कार्यक्रम पनि अघि बढाइएका छन्। कार्यान्वयनलाई पनि जोड दिएका छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.