पृथ्वी बचाउने सन्देश दिँदै सुकुम्बासी बस्तीका बालबालिका
काठमाडौं : टेकुस्थित बंशीघाट सुकुम्बासी बस्तीका बालबालिकाले विश्व वातावरण दिवसका अवसरमा बुधबार पृथ्वीलाई बचाउने, वातावरणलाई प्रदूषित हावा र अन्ये वातावरणीय समस्याबाट जोगाउने सन्देश दिएका छन्। बिहान ८ बजे करिब ४० बालबालिका बंशीघाट सामुदायिक भवनमा भेला भई वातावरणलाई जोगाउने सन्देश दिन रंगीचंगी चित्र, पोष्टर र प्ले कार्ड प्रदर्षण गरेका हुन्।
बागमती नदीको दुर्गन्ध र प्रदूषणले आजित बालबालिका आपूmले बनाएका चित्र, पोष्टर र प्ले कार्डसहित सामुदायिक भवनबाट निस्की आसपासको बस्तीमा वातावरणीय जागरुकता ल्याउन सफा हावा र सफा बागमतीको नारासहितको ¥याली निकालेका थिए।
त्यसपछि बालबालिकाले ती चित्र, पोष्टर र प्ले कार्डसहित बाटोमा र आफ्नो बस्ती वरिपरि फालिएका प्लाष्टिक, कागज तथा अन्य फोहोर जम्मा गरी बस्ती सफा गरेको गुथी संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए ।
गुथी नामक वातावरण, खानेपानी तथा सरसफाईमा कार्यरत संस्थाको सहयोगमा आयोजना गरिएको यस कार्यक्रमले बालबालिकालाई सफा वातावरणको महत्व बुझाउनुका साथै त्यस बस्तीमा बसोबास गर्ने समुदायलाई पनि जागरुक गराएको उनको भनाइ छ।