डरलाग्दो ‘घर’ को ट्रेलर सार्वजनिक
काठमाडौं : अर्पण थापाको र सुरक्षा पन्तको हरर ड्रामा ‘घर’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा सुरक्षा विवाहित तथा गर्भवती महिलाको भूमिकामा देखिएकी छन्।
एक दम्पत्तिले नयाँ घर किनेर बसाईँ सरेसँगै उत्पन्न हुने अस्वभाविक द्वन्द्व यस फिल्मको कथा वस्तु हो। नयाँघरमा प्रवेश गरेसँगै सुरक्षामा देखिएको परिवर्तन ट्रेलरले बताउँछ। एक दुई वटा सिनमा उनी डरलाग्दो अवतारमा समेत देखिएकी छन्।
शर्मिला पाण्डेको निर्माण रहेको फिल्म सहनिर्मातामा सन्तोष अधिकारी छन्। फिल्मको कथा समेत अर्पणले नै लेखेका हुन्। निरज कँडेलको छायांकन रहेको फिल्म २० दिनमा प्याकअप गरिएको थियो। फिल्म साउन ३ बाट प्रदर्शनमा आउदै छ।
प्रतिक्रिया दिनुहोस !
८