मकै लोड गर्दा करेन्ट लाग्यो

मकै लोड गर्दा करेन्ट लाग्यो

विराटनगर : घरको छतमा राखेको मकै ट्रयाक्टरमा लोड गर्ने क्रममा मोरङको रंगेली नगरपालिका–५ सोमबारेमा करेन्ट लागेर बिहीबार एक जना गम्भीर घाइते भएका छन् । स्थानीय सञ्जय पण्डितको घरको छतमा राखेको मकैको बोरा स १ त १९०६ नम्बरको ट्रयाक्टरमा लोड गर्ने क्रममा करेन्ट लागेर ट्रयाक्टर चालक घाइते भएका हुन् । 

घाइते चालक मोरङको सुनवर्षी नगरपालिका–९ डायनियाका ३५ वर्षीय मुन्ना मण्डल रहेका छन् । छतमाथि रहेको बिजुलको तारलाई हातले छोएका कारण करेन्ट लागेको प्रहरीले जनाएको छ । घाइते विराटनगरको नोवेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.