लोकसभाको उपाध्यक्षमा शिवसेनाको दाबी
नयाँदिल्ली : भारतको नवगठित लोकसभामा भाजपा नेतृत्वको एनडिए (नेसनल डेमोक्रेटिक एलायन्स)को सहयोगी दल शिवसेनाले उपाध्यक्ष आफूलाई दिनुपर्ने माग गरेको छ ।
बिहीबार शिवसेनाका नेता सन्जय राउतले उपाध्यक्षमा आफ्नो दलको हक भएकाले पाउनुपर्ने दाबी गरे ।
लोकसभामा सत्तारुढ एनडिए गठबन्धनले ३ सय ५० सिट जितेको छ । भाजपाले ३ सय ३ सिट जितेको छ भने शिवसेनाका १८ सांसद छन् ।