अन्‍नपूर्णका ग्राहकले एक हजार फिर्ता पाउने

अन्‍नपूर्णका ग्राहकले एक हजार फिर्ता पाउने

काठमाडौं : अन्नपूर्ण पोस्ट्का वार्षिक ग्राहकले अब एक हजार रुपैयाँ नगद फिर्ता (क्यास ब्याक) पाउने भएका छन्।

अन्नपूर्ण पोस्ट्को नयाँ ग्राहकले सनराइज बैंकको खातामार्फत् रकम फिर्ता पाउनेछन् । अन्नपूर्णको ‘अन्नपूर्ण पकेट मनी अब घरमै बसी’ योजनामा सनराइज बैंकसित सहकार्यसम्बन्धी सम्झौतामा बिहीबार बैंकको मुख्यालय गैरीधारामा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) आशा राणा (अधिकारी) र अन्नपूर्ण पोस्ट्का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मानस घिमिरेले हस्ताक्षर गरेका छन्। 

हस्ताक्षर कार्यक्रममा अन्नपूर्णका ब्राण्ड एण्ड  स्ट्राटेजी विभाग प्रमुख प्रनील अर्याल, बजार प्रबन्धक भूपाल बस्नेत र सहायक बजार प्रबन्धक दिलीप तामाङलगायत सहभागी थिए।

यसैगरी हस्ताक्षर समारोहमा बैंकका तर्फबाट नायव महाप्रबन्धक (डीजीएम) अपचकुमार यादव, रबिन नेपाल र एजीएम सर्वेन्द्र मिश्रा उपस्थित थिए। अन्नपूर्ण पोस्ट्ले ग्राहक बनाउनेलाई प्रतिग्राहक एक हजार रुपैयाँ पकेट मनी दिँदै आएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.