एजेन्टमार्फत् काम गराए म्यानपावरमाथि कडा कारबाही : विभाग
कााठमाडौं : वैदेशिक रोजगार व्यवसायीले अझै पनि एजेन्ट राखेर काम गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी वैदेशिक रोजगार विभागले जनाएको छ। बिहीबार सूचना निकालेर विभागले एजेन्ट (प्रतिनिधि) नराख्न व्यवसायीहरूलाई निर्देशन दिएको हो।
वैदेशिक रोजगार ऐनको दफा २६ उपदफा १० (क) ले वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि रहने व्यवस्था खारेज गरे पनि व्यवहारिक रुपमा अझै एजेन्टको हालीमुहाली छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले यसअघि विभागबाट अनुमति लिएका एजेन्ट (जो कानुनतः अहिले खारेज भइसकेका छन्) लाई वैदेशिक रोजगार सम्बन्धी काम गरेको पाइए कडा कारवाही गरिने बताए।