दुर्घटनाका २५ घाइते अस्पतालमा ‘बन्धक’ !

दुर्घटनाका २५ घाइते अस्पतालमा ‘बन्धक’ !

बुटवल : बस दुर्घटनामा घाइते भैरहवास्थि युनिभर्सल मेडिकल कलेजमा बन्धक भएका छन्। 

उपचार गरेको रकम नदिएको भन्दै अस्पतालले बिरामीलाई बन्धक बनाएको हो। बुधबार साँझ कपिलवस्तुको पकडीमा मलामी बोकेको सिद्धार्थ यातायात व्यवसायी संघको लु १ ख ७७५२ नम्बरको गाडी दुर्घटनामा परेको थियो।  दुर्घटनामा घाइते भएका २५ बिरामी उपचारका लागि मेडिकल कलेज पुगेका थिए। तीमध्ये ६ जनालाई गम्भीर चोट लागेको छ।

यातायात समितिले बिरामीको उपचारमा रेस्पोन्स नगरेपछि घाइते छटपटिएका छन्। अस्पतालले प्राथमिक उपचार गरेर पैसाको ग्यारेन्टी नभएसम्म अन्य उपचार नगर्ने बताउदै आएको छ। 

अस्पतालमा रहेका बिरामी कृष्ण केसीले डिस्चार्ज हुने बेलामा बन्धक बस्नु परेको बताए। ‘सामान्य घाइते घर जान चाहान्छौं’, उनले भने, ‘तर, अस्पतालले निस्किन दिएको छैन।’ दुर्घटनामा वसन्त पुलामी, वीरबहादुर जिसी, मुक्ति पत्थरकट्टा, शंकर चौधरी, लिलाराम भण्डारी, अनिल खड्का गम्भीर घाइते छन्। 

तीमध्ये अनिल खड्काको मात्रै थप उपचार थालिएको छ। उनको आफन्तले २० हजार धरौटी जम्मा गरेपछि उपचार थालिएको बताइएको छ। गाडीधनी जीवन पाण्डेले समितिले वेवास्था गर्दा बिरामी अलपत्र परेको बताए। ‘चलानी काटेर गाडी लिएका गएका हौं’, उनले भने, ‘अहिले समितिले मतलब नै गरेको छैन।’
 
अस्पतालका प्रशासकीय अधिकृत तेजकुमार केसीले उपचार खर्चको ग्यारेन्टी नभएकाले बिरामीलाई डिस्चार्ज नगरिएको बताए। ‘बिरामीलाई घर पठाएपछि पैसा कसले तिर्छ ?’ उनले भने, ‘हामीले उपचारको पैसा तिरेर जान अनुमति दिएका छौँ।’  उनले दुर्घटनाकै दिन बिरामीको उपचार भने नरोकिएको बताए।


सिद्धार्थ यातायात व्यवसायी संघका अध्यक्ष सञ्जित रोकाले चालकको लापरबाहीले दुर्घटना भएकाले क्षतिपूर्तिको विषयमा केही समय लागेको दाबी गरे। ‘ठूलो उपचारको खर्च कस्ले गर्ने भन्ने विषयमा छलफल भइरहेको छ’, उनले भने, ‘सानो उपचारका बिरामीलाई घर पठाउन थालेका छौं।’

घाइतेहरुले भने तत्काल उपचारको व्यवस्था गर्न गुहार मागेका छन्। ‘हड्डी भाँचिएका बिरामी बेडमा छटपटाएका छन्’, घाइते कृष्णले भने, ‘अहिलेसम्म उपचार भएको छैन।’रुपन्देहीको मायादेवी गाउँपालिकाबाट शव बोकेको गाडी कपिलवस्तुको रामघाट पुगेर फर्किदै गर्दा दुर्घटनामा परेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.