सगरमाथाको फोहोर काठमाडौंमा (फोटो फिचर)

सगरमाथाको फोहोर काठमाडौंमा (फोटो फिचर)

काठमाडौं : सगरमाथा सफाइ अभियान २०७६ अन्तर्गत संकलित फोहोर काठमाडौं ल्याइएको छ। सफाइ अभियानबाट करिब ११ हजार केजी फोहोर संकलन गरिएको थियो।

०७६ वैशाख १ देखि लुक्लाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रूपमा सरसफाइ गर्दै सगरमाथा बेस क्याम्प, क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ हुँदै त्यसको दक्षिणी भेगसम्मको फोहोर संकलन गरिएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

संकलित सड्ने फोहोर स्थानीय रूपमा व्यवस्थापन गरिएको थियो। नसड्ने हजार केजी फोहोर सेनाको एम.आई १७ हेलिकप्टर र करिब हजार केजी फोहोर ओखलढुंगाबाट ट्रकमार्फत काठमाडौं ल्याइएको सहायक रथी विज्ञानदेव पाण्डेले बताए। सेनाले पर्यावरणमा टेवा पुर्‍याउने उद्देश्यले सुरु गरेको ‘सफा हिमाल अभियान’ अन्तर्गत यस सगरमाथा सफाइ अभियानमा सहकार्य गरेको सहायक रथी पाण्डेले बताए। सबै क्षेत्रको सहकार्यमा सगरमाथा सफाइ सफल भएको उनको भनाइ छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालमा गरिने महत्त्वपूर्ण कार्यक्रममध्ये सफा हिमाल अभियान पनि रहेको उल्लेख गरेका थिए। त्यसमै अडेर सेनाले उक्त अभियान अघि बढाएको हो।

सफाइ अभियानबाटै क्याम्प २, क्याम्प ३, क्याम्प ४ र दक्षिण भेगमा बेवारिसे रूपमा रहेको चारवटा शव निकालेर काठमाडौं ल्याएको छ। उक्त शव कानुनी प्रक्रियाअनुसार हुलियासहितको सूचना जारी गरेको छ। १२ जना शेर्पाबाट ४५ दिनमा उक्त फोहोर संकलन गरिएको हो।

संकलित फोहोरलाई जेठ १३ गते सगरमाथा दिवसका दिन नाम्चेमा प्रदर्शनी गरिएको थियो। प्रदर्शनीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रधानसेनापति पूर्णचन्द्र थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुडालगायत सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.