मेनका बन्‍लिन् भारतीय संसद् लोकसभाको अध्यक्ष ? यी नाम छन् चर्चामा

मेनका बन्‍लिन् भारतीय संसद् लोकसभाको अध्यक्ष ? यी नाम छन् चर्चामा

नयाँ दिल्ली : भारतमा लोकसभा चुनावपछि नरेन्द्र दामोदरदास मोदी नेतृत्वको मन्त्रिमण्डलले दोस्रो कार्यकाल थालिसकेको छ। तर मोदीको पहिलो कार्यकालमा मन्त्री रहेकी मेनका गान्धीले यसपल्ट क्याबिनेटमा ठाउँ पाएकी छैनन्।

तर यति दिनसम्म पनि तल्लो सदन लोकसभाको अध्यक्ष चयन भएको छैन। सत्तारुढ दल भाजपा (भारतीय जनता पार्टी)ले अध्यक्ष चयन गर्न नसक्दा १७ औं लोकसभाको अध्यक्ष को हुन्छ भनेर अनेकौं अड्कलबाजी भइरहेको छ। अध्यक्षमा मेनकाको पनि चर्चा चलिरहेको छ।

लोकसभा अधिवेशनको समय नजिकिँदै गर्दा भाजपाले अझै पनि अध्यक्ष कसलाई बनाउने निर्णय गर्न सकेको छैन। भाजपाले लोकसभाको उपाध्यक्ष कसलाई बनाउँछ, यसले पनि अध्यक्ष चयनमा फरक पर्नेछ।

सांसद भएको अवधिका आधारमा वरिष्ठ मानेर अध्यक्षको नाम तय गरे ३ सय ३ सांसद जितेको भाजपामा मेनका सबैभन्दा माथि छन्। उनी आठौंपल्ट सांसद भएकी छन्। उनले नवौं लोकसभामा पहिलोपल्ट निर्वाचित भएकी थिइन्। तर उनको नाममा भाजपाभित्र सहमति नभएको बताइन्छ।

अध्यक्षका लागि चर्चामा आएको दोस्रो नाम हो वीरेन्द्र कुमार। उनी मध्यप्रदेशको टीकमगढबाट जितेर लोकसभामा आएका हुन्। लोकसभामा उनी सातौंपल्ट सांसद भएका हुन्। उनी पहिलोपल्ट सन् १९९६ मा ११औं लोकसभामा सांसद निर्वाचित भएका थिए। उनी पनि मोदीको पहिलो प्रधानमन्त्रीकालमा मन्त्री थिए।

चर्चामा आएको तेस्रो नाम हो एएस अहलुवालिया। चारपल्ट सांसद भइसकेका उनी सन् १९८६ यता निरन्तर राजनीतिमा सक्रिय छन्। राजीव गान्धीका पालामा कांग्रेसमा रहेका उनी पछि भाजपा प्रवेश गरेका हुन्।

सन् २०१४ को चुनावमा उनी पश्चिम बंगालको दार्जिलिङबाट जितेर सांसद भएका थिए। यसपल्ट भने उनी पश्चिम बंगालकै दुर्गापुर–बर्धमान क्षेत्रबाट सांसद निर्वाचित भएका छन्। तर उनी कांग्रेस पृष्ठभूमिका भएकाले अध्यक्षमा उनको सम्भावना न्यून भएको बताइन्छ।

यसैगरी अध्यक्षमा पूर्वकृषिमन्त्री राधामोहन सिंहको नाम पनि चर्चामा छ। उनी छैठौंपल्ट सांसद भएका छन्। यसपल्ट उनी बिहारको पूर्वी चम्पारनबाट सांसद निर्वाचित भएका हुन्। त्यस्तै मध्यप्रदेशमा भाजपाका पूर्वप्रदेश अध्यक्ष नन्दकुमार सिंह चौहान पनि छैठौंपल्ट लोकसभा पुगेका छन्। उनी खन्डवाबाट निर्वाचित भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.