सनराइज बैंकको सीईओमा श्रेष्ठ
काठमाडौं : सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज कुमार श्रेष्ठ नियुक्त भएका छन्। सनराइज बैंकको २०७६ साल जेठ २२ गते बसेको सञ्चालक समितिको निर्णयले श्रेष्ठलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
असार २ गतेदेखि लागू हुने उक्त निर्णयले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। सन् १९८९ बाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका श्रेष्ठले त्यसयता स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया, ग्लोबल आईएमई, माछापुच्छ्रेलगायत बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव संगालेका छन्।
उनले यसअघि माछापुच्छ्रे बैंकको सीईओ भएर कार्यानुभव हासिल गरिसकेका छन्।