अमेरिका छिर्न खोज्‍ने लाखभन्दा बढी पक्राउ

अमेरिका छिर्न खोज्‍ने लाखभन्दा बढी पक्राउ

वासिङटन : अमेरिकी अधिकारीले गत मे महिनामा मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने १ लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन्। विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका अनुसार पक्राउ परेकामध्ये परिवारसँगै अमेरिका प्रवेश गर्न चाहने ८४ हजार ५४२ जना, बालबालिका ११ हजार ५०७ जना र एकल व्यक्ति ३६ हजार ८३८ जना रहेका छन्। यो संख्या अप्रिल महिनाको तुलनामा ३४ प्रतिशत बढी हो। अप्रिलमा ९९ हजार ३०४ जना पक्राउ परेका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अवैध आप्रवासी प्रवेशमाथि कडाइ गरे पनि त्यो रोकिएको छैन। राष्ट्रपति ट्रम्पले मेक्सिको सरकारमाथि पनि अवैध आप्रवासीलाई नियन्त्रण गर्न दबाब दिँदै आएका छन्। अध्ययनहरूले अधिकाँश आप्रवासी मेक्सिको समेत मध्य–अमेरिकी राष्ट्रबाट आउने गरेको छन्।

मेक्सिको सरकारमाथि दबाब सिर्जना गर्न राष्ट्रपति ट्रम्पले आगामी जुन १० देखि लागू हुनेगरी अमेरिका प्रवेश गर्ने मेक्सिकाली सामानमा ५ प्रतिशत करवृद्धि गर्ने चेतावनी दिएका छन्।

अमेरिकी दबाबपछि मेक्सिकाली विदेशमन्त्री मार्सेलो एब्रार्दले अमेरिकी उपराष्ट्रपति माइक पेन्स समेतका उच्च पदाधिकारीसँग भेटवार्ता गरेका छन्। मेक्सिकोले आप्रवासी नियन्त्रणका लागि प्रयास जारी राखेको र हजारौं मध्यअमेरिकीलाई उनीहरूकै देश फर्काएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.