सरकारी कार्यालयमा सेवा चुस्त बनाउन आमा समूहको माग

सरकारी कार्यालयमा सेवा चुस्त बनाउन आमा समूहको माग

मुस्ताङः सरकारी कार्यालय सेवाग्राही मैत्री हुनुपर्ने माग राख्दै जोमसोमस्थित पूथाङ आमा समूहले प्रशासनको ध्यानाकर्षण गराएको छ। बिहीबार प्रशासन, घरपझोङ गाउँपालिका, जिल्ला अस्पताल र विद्युत वितरण केन्द्रमा पुगेर समूहले अलग–अलग ज्ञापनपत्र बुझाएका छन्।

समूहले ज्ञापनपत्र बुझाउने क्रममा अस्पतालमा छड्के जाँचसमेत गरेको छ। अस्पतालको इमरजेन्सी इनडोर वार्ड, बिरामी र बिरामीका कुरुवाहरुले प्रयोग गर्ने, शौचालय लगायत भौतिक पूर्वाधारहरु मापदण्डअनुसार व्यवस्थित नभएको पाइएको छ। समूहको टोली पुग्दा डाक्टर अस्पतालमा नभएकोले एक घण्टासम्म प्रतिक्षा गर्नुपरेको समूहकी अध्यक्ष विष्ण थकालीले बताइन्।

स्वास्थ्यकर्मीलाई टोलीले प्रसूति सेवा भरपर्दो बनाउन अनुरोध गरेका छन्। समूहले ज्ञापनपत्रमा पर्यटकीय जिल्लामा साना–तिना समस्याका बिरामी पनि अन्यत्र लैजानु परेको, अप्रेशन सेवा भरपर्दो नभएको, चिकित्सकहरुले जिम्मेवारीअनुसार सेवा प्रदान नगरेको गुनासो प्रशासनसमक्ष गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.