बलात्कार अभियुक्त ७ लाख ६० हजार धरौटीमा रिहा
सन्धिखर्क : बलात्कार अभियोगमा पक्राउ परेका प्रेम खड्का जिल्ला अदालत अर्घाखाँचीबाट धरौटीमा रिहा भएका छन् । सन्धिखर्क १२ डिभर्ना घर भएका खड्कालाई सन्धिखर्कको एक होटलमा महिलालाई मदिरा सेवन गराई बलात्कार गरेको अभियोगमा प्रहरीले वैशाख २५ गते पक्राउ गरेको थियो ।
अनुसन्धानका लागि झण्डै २८ दिन प्रहरी हिरासतमा बसेका खड्कालाई जिल्ला अदालत अर्घाखाँचीले बिहीबार सात लाख ६० हजार धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार गम्भीर घिमिरेले जानकारी दिए ।