रोनाल्डोको ह्याट्रिक, पोर्चुगल फाइनलमा

रोनाल्डोको ह्याट्रिक, पोर्चुगल फाइनलमा

लिस्वोन : स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरेपछि पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगलमा बिहीबार बिहान भएको सेमिफाइनल खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ३–१ गोलले हरायो ।

पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डोले २५औं मिनेटमा फ्रिकिक गोलमार्फत पहिलो गोल गरेका थिए । पहिलो हाफमा पोर्चुगल १–० गोलले अगाडि बढ्यो । दोस्रो हाफको सुरुआतमा जोसिलो प्रदर्शन गरेको स्विट्जरल्यान्डले ५७औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएको थियो । स्विट्जरल्यान्डका रिचार्डो रोड्रिग्वेजले पेनाल्टीको सदुपयोग गरेका थिए । स्विट्जरल्यान्डको पेनाल्टीपछि आक्रामक देखिएको पोर्चुगलले खेलको अन्तिममा दुई गोल थपेको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन प्रदर्शन गरेका रोनाल्डोले खेलको अन्तिम तीन मिनेटको बीचमा दुई गोल थपेका थिए । रोनाल्डोले ८८ मिनेटमा बर्नाडो सिल्भाको पासा दोस्रो गोल गरे । उनले ९०औं मिनेटमा कर्नरबाट प्राप्त बललाई जाली चुमाउँदै उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यससँगै रोनाल्डोले देशका लागि ८८ अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन् । उनले देशका लागि ह्याट्रिक संख्या सात पु¥याए । उनले हालसम्म विभिन्न खेलका गरेर ५३ ह्याट्रिक पूरा गरिसकेका छन् । उनै रोनाल्डो प्रेरित पोर्चुगलले नेसन्स लिगको फाइनलमा इङ्ल्यान्ड र नेदरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.